वडा नम्बर ६ रिलिजको पूर्वसन्ध्यामा यस फिल्मको ‘सुर्के थैली खै’
बोलको गीतले बजार पिट्न थालेको छ । गीतको लोकप्रियतासँगै यसमा
नृत्य गरिएका भिडियोहरु यूट्यूवमा छ्याप्छ्याप्ति बनेका छन् ।
लोकलयमा आधारित मेलोडियस गीतलाई राजनराज शिवाकोटीले
संगीत दिएका हुन् । गायनमा उनलाई अञ्जु पन्त र राजु विश्वकर्माले साथ
दिएका छन् । युट्यूवमा पोष्ट गरिएको १ महिनामा साढे दुई लाखले यस
गीतको भिडियो हेरेका छन् भने दर्जनौं नृत्यका भिडियो पोष्ट भइसकेका
छन् ।
रोचक के छ भने यो गीत वडा नम्बर ६ का लागि लेखिएको थिएन ।
शिवाकोटीले आफ्नो एल्बमका लागि भनेर रेकर्ड गराएको गीत
एफएमहरुमा समेत बज्न थालिसकेको थियो । शिवाकोटी वडा नम्बर ६ का
लागि अर्कै गीत लिएर दिपकराज गिरीकहाँ पुगेका थिए ।
वडा नम्बर ६ का निर्माता तथा अभिनेता भन्छन्, ‘उहाँ जून गीत लिएर
आउनुभएको थियो, त्यो मलाई मन परेन । मैले ठाडै यो त झूर छ भनिदिएँ ।’
शिवाकोटीले त्यसपछि उनलाई सुर्के थैली सुनाएका थिए, जसलाई
एकैचोटीमा मन पराए दिपकले ।
‘गीतका शब्दहरु टिपिकल थिए र लय पनि मिठो थियो,’ उनी भन्छन्,
‘तत्कालै मैले भनेँ, ल यो गित हामी राख्छौं, एफएमहरुमा रोक्नुस ।’
फिल्ममा राख्ने भएपछि गीतलाई इन्स्ट्रुमेन्टहरु थपेर रि-एरेन्ज गरिएको
थियो । वडा नम्बर ६ मा जम्मा दुई गीतहरु मात्रै छन् । वाहियात
लभस्टोरी बोलेको अर्को गीतलाई सुगम पोखरेलले संगीत दिएका हुन् । सो
गीत सुर्के थैलीको छायामा परेको छ ।
गीतको प्रारम्भिक सफलताबाट दंग परेका छन् दिपकराज । उनले भने,
‘लामो समयछि नेपाली फिल्ममा एउटा टिपिकल लोकधुन सुन्न पाएकाले
दर्शक-स्रोताले मन पराएका छन् । हामीले पनि फिल्मको प्रमोसनमा
यहि गीत प्रयोग गरिरहेका छौं ।’ उनले फिल्मको व्यापारमा गीतको
लोकपि्रयताले थप बल पुग्ने विश्वास व्यक्त गरे ।
विगतमा नेपाली फिल्ममा समावेश गरिएका थुप्रै लोकभाकाका
आधारित गीतहरु जनजिभ्रोमा झुण्डिएका उदाहरण छन् । रातो टिका
निधारमा, सुन सुन सनम मलाया छाउनी, गोली शिशाको मेरो माया
किन रिसाको, अच्छा लेकिन लण्डनको लगायत गीतहरुले आफ्नो समयमा
निकै लोकपि्रयता कमाएका थिए । लामो समयको अन्तरालमा नेपाली
फिल्ममा सुमधुर लोकगीत सुन्न पाइएको छ ।
कोरियोग्राफी परम्परागत
यो गीतको कोरियोग्राफी भने परम्परागत छ । तीन-तीन जना
हास्यकलाकारहरुलाई निर्देशक शंकर बिसी राम्ररी सदुपयोग गर्न सकेका
छैनन् । दिपाश्री निरौलाको नृत्यलाई उनको मोटोपनाले प्रभावित
बनाएको छ भने दयाहाङ नाच्ने नाममा हिँडेका मात्रै छन् । तर, नायिका
पि्रयंका कार्कीले भने छोटो नृत्यबाटै प्रभावित बनाउन सफल भएकी
छिन् । उनको एक झलक मात्रैले पनि गीतको भिडियोलाई माथि
उठाइदिएको छ ।
गीतको कोरियोग्राफीमा केहि कमजोरी भएको दिपकराज
स्वीकार्छन् । ‘गीतले मागेजति हामीले दिन सकेका छैनौं ।
कोरियोग्राफीमा अझै राम्रो गर्न सकिन्थ्यो,’ उनले भने ।
Second Menu
▼
No comments:
Post a Comment