शक्ति गौचन मैदानमा विपक्षी ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा जति
आक्रामक देखिन्छन्, त्यसको ठीक उल्टो मैदान बाहिर शान्त हुन्छन् ।
नेपाललाई ट्वान्टी-२० विश्वकपमा पुर्याउन उनको भूमिका महत्वपूर्ण
रह्यो र उनले बंगलादेशमा 'अच्छा' भन्ने गरी प्रदर्शन गरे । कमेन्टेटरले पनि
उनको प्रशंसामा शब्द खर्चिएका थिए,'शक्ति द पावर' ।
जति ठूलो स्टार भए पनि शक्ति भने साधारण छन् । मैदान बाहिर शक्ति
सधैं अनौपचारिक पहिरनमै भेटिन्छन् । उनी भन्छन्, 'मलाई मन पर्ने पहिरन नै
यही हो ।' त्यसो भन्दैमा उनलाई मन पर्ने ब्रान्ड नै छैन भन्ने होइन ।
शक्तिलाई मन पर्ने जुत्ताको ब्रान्ड हो, एसिक्स । शक्ति जिन्समाथि
सर्ट लगाउँदा सहज मान्छन् । शक्ति धेरै पटक पोखरा गएका छन् । उनलाई मन
पर्ने ठाउँ हो, पोखरा । उनलाई मन पर्ने अर्को ठाउँ न्युजिल्यान्ड हो, जहाँ
उनी दुई पटक गएका छन् । सन् २००२ मा यु-१९ विश्वकप र सन् २०१३ मा
आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ खेल्न उनी त्यहाँ पुगेका थिए ।
'सुकेको जीउमा लुकेको बल' भन्ने उखान छ । शक्ति दुब्ला छन्, तर उनलाई
सुकेको जीउ भएको भन्न भने मिल्दैन । केही दुब्लो भए पनि शक्तिको
शक्ति भने जबर्जस्त छ । उमेरले ३० काटिसक्यो तर उनी १८ वषर्ीय
खेलाडीको जस्तो प्रदर्शन गर्छन् । शक्तिलाई आमाले पकाएको थकाली
परिकार मन पर्छ । कम बोल्ने र बढी सुन्ने धैर्यता उनमा छ । मेहनत गरिरहन्छन्
र आफूलाई समयअनुसार अघि बढ्न तयार गर्छन्, सम्भवत: उनको सफलताको
सूत्र पनि त्यही हो ।
शक्ति रोमान्टिक संगीत मन पराउँछन् । 'रोमान्टिक गीत सुन्दा आनन्द
आउँछ,' उनले भने । दुई छोरीका बाबु शक्तिमा सुन्दरताप्रति पनि केही
मोह छ । त्यसैले त उनलाई मन पर्ने नायिका बलिउड ब्युटी-क्विन ऐश्वर्या
राय हुन् ।
मार्सल आर्टकी नयाँ खेलाडी हुन्, चाहना बम्जन लामा । उनको उदयले
नेपाली उसुलाई फेरि ब्युँताएको छ । पछिल्ला दुई वर्षदेखि चाहनाले
नेपाली उसुले चाहेजस्तै प्रदर्शन गर्दै आएकी छिन् । गत वर्ष युवा वर्ष
खेलाडीसमेत भएकी चाहना फेसनप्रति पनि सजग छिन् । दैनिक प्रशिक्षण,
प्रतियोगिता हुँदा उनलाई एउटै पहिरनमा देख्न सकिन्छ, तर पार्टी वा कुनै
समारोहमा जानुपर्दा उनको तौरतरिका उनलाई मन पर्ने नायिका
प्रियका चोपडाको भन्दा कम हुँदैन । चाहनालाई कालो रंग मन पर्छ ।
गोरी भएर पनि होला, उनलाई कालो पहिरन सुहाउँछ पनि तर उनी भने
आफूलाई टिसर्ट र पाइन्ट मन पर्ने बताउँछिन् । कमेडी एवं रोमान्टिक
चलचित्र मन पराउने चाहनालाई संगीततर्फ सेन्टिमेन्टल र सफ्ट रोमान्टिक
मन पर्छ ।
ब्याडमिन्टनका स्टार विकास श्रेष्ठले लगातार तीन पटक राष्ट्रिय
प्रतियोगिता जितेका छन् । त्यसैले पनि उनलाई जापानी कम्पनी
कावासाकीले स्पोन्सर गरेको छ । त्यसैले कसैले उनलाई तपाईलाई मन पर्ने
ब्रान्ड के हो भनेर सोध्यो भने उत्तर दिइहाल्छन्, 'कावासाकी' ।
विकासलाई दसैंभन्दा तिहार मन पर्छ । उनी अहिले एसियाली खेलकुदका
लागि दक्षिण कोरियाको इन्चोनमा छन् । विकासले दसैं त गुमाउनेछन्, तर
तिहारका लागि भने र्फकनेछन् । खेलाडीहरू पहिरनमा भन्दा खेलमा बढी
ध्यान दिन्छन् भनिन्छ । विकासमा पनि यो कुरा लागू हुन्छ । उनी
अनौपचारिक पहिरन नै लगाउँछन् । पहिरन यस्तै लगाउनुपर्छ भन्ने उनको
सोच छैन, तर संगीततर्फ भने उनी पप र सेन्टिमेन्टल नै सुन्छन् । कोर्टभित्र र
बाहिर सधैं शान्त देखिने विकास एक्सन चलचित्र मन पराउँछन् ।
लन-टेनिस नेपालमा चर्चित खेल होइन । यो खेललाई सम्भ्रान्त वर्गकोे खेल
भनिन्छ । किनभने पैसा नहुनेले यो खेल खेल्ने कुरा नचिताए पनि हुन्छ, तर
अन्तर्राष्ट्रिय स्तरमा भने यो खेल निकै लोकप्रिय छ । त्यसको कारण
मारिया सारापोभा, अन्ना इभानोभिच जस्ता सुन्दरीहरू कोर्टमा उस्तै
फेसनेबल पहिरनमा उत्रनु पनि हो । नेपाली लन-टेनिसमा क्रान्ति ल्याउने
खेलाडीमा पर्छिन् अश्लेषा लिसानेभिच । रूसी बाबु र नेपाली आमाकी
सन्तान अश्लेषालाई हराउन सक्ने महिना खेलाडी नेपालमा देखिएका
छैनन् । अग्ली सुन्दरी अश्लेषालाई जिन्स र टप्स मन पर्छ । उनको रोजाइको
जुत्ता एडिडास हो । उनले बार्सिलोनामा गएर टेनिस प्रशिक्षण
गरिसकेकी छन्। त्यसैले मन पर्ने ठाउँका बारेमा सोध्दा बार्सिलोना
सहरलाई छुटाउँदिनन् । साथमा फिडेल क्याष्ट्रोको क्युवा पनि
थपिदिन्छिन् । उनलाई रातो तथा गुलाफी रंग मन पर्छ ।
कसैलाई आफू गएको ठाउँ मन पर्छ त कसैलाई नगईकनै कुनै ठाउँ मन पर्छ ।
क्रिकेटर सुभाष खकुरेल भने दोस्रो तथ्य अपनाउने मानिसमा पर्छन् । भन्छन्,
'मलाई मन पर्ने ठाउँ गि्रस र स्पेन हो ।' सुभाष क्रिकेट खेल्ने सिलसिलामा
झन्डै एक दर्जन देश पुगेका छन्, तर गि्रस र स्पेन भने अहिलेसम्म पुगेका छैनन् ।
भविष्यमा यी दुवै देश घुम्ने उनको योजना छ । नेपाल पहिलो पटक
विश्वकपमा पुग्दा सुभाषले नै विकेटकिपर-ब्याट्सम्यानका रूपमा
महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । मैदानभित्र र बाहिर शान्त
रहने खकुरेललाई नीलो रंग मन पर्छ । सुभाष पनि पहिरनका सौखिन होइनन्
। उनी चलचित्रका भने सौखिन हुन् । कमेडी, रोमान्टिक एवं लभ स्टोरी
चलचित्रमा उनको रुचि छ ।
फुटबलर विराज महर्जन धेरैजसो अनौपचारिक पहिरनमा हुन्छन् । उनको
ध्यान पहिरनभन्दा काममा बढी हुन्छ । उनी नेपाली फुटबल टिमका शान्त
र राम्रो खेलाडीका रूपमा चिनिन्छन् । विराजलाई नाइकी तथा
एसिडासका जुत्ता मन पर्छन् ।
पहिरनमा सोख राख्ने खेलाडी हुन्, टेबलटेनिसका पूर्व नम्बर एक खेलाडी
अजय सुवाल । खेल्दा होस वा बाहिर हिँड्दा उनले आफ्नो पहिरनमा
ध्यान दिएकै हुन्छन् । 'सबै कुरामा ध्यान दिएन्छु,' उनले भने । उनी कहाँ
जाँदा कस्तो केश विन्यास गर्ने, कस्तो जुत्ता लगाउने, कस्तो लगाउने भनेर
योजना बनाउँछन् । रंग त छान्छन् नै, साथमा उनी घडी, औठी तथा कानमा
लगाउने टप्सलाई पनि महत्त्व दिन्छन् ।



0 comments:
Post a Comment