Second Menu

२ देविका केसी, तेरो तागत माने पैसो...

देविका केसीले हरेक वर्ष तीज गीत तयार पार्दै आएकी छिन् । देविकाका साथमा यो वर्ष पशुपतिले गाएको पैसो शीर्षकको गीत २ सातामै युट्युबमा २ लाखभन्दा बढी हेरिसकेका थिए । गत वर्षको तीजमा पशुपतिका साथमा गाएको जातीय विभेदविरुद्धको गीत हामी नेपाली हौंमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने माग उठेपछि उक्त गीतको प्रोमोसन नै रोकिएको थियो । यसपटकको पैसोको गीत व्यवहारिक भएकाले दर्शकको पर्याप्त माया पाएको देविका बताउँछिन् । पैसाले गर्दा सम्बन्धहरूमा उत्पन्न हुने समस्यामा आधारित सन्देशमूलक गीत गाएको देविका बताउँछिन् । देविका पशुपतिसँगको सहकार्य आफ्ना लागि लाभदायक सावित हुने कुरामा ढुक्क छिन् । हाल तीजको कार्यक्रमको सिलसिलामा उनीहरू क्यानाडामा छन् । देविका एकदशक अघिदेखि दोहोरी गायनमा सक्रिय छिन् । उनका एक दर्जन हिट दोहोरी गीत छन् ।

No comments:

Post a Comment