Second Menu

काबन्दीको विरोधमा भोलिदेखि भारतीय गाडी, हिन्दी फिल्म र भारतीय टेलिभिजनमा रोक !


काडमाडौं, १० असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा
माओवादीले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको
भारतविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आईतबार
विज्ञप्ति जारी गरि सोमबारदेखि नेपाली भूमीमा भारतीय
नम्बर प्लेटका गाडी चल्न नदिने घोषणा गरेका हुन् । साथै हिन्दी
चलचित्र, भारतीय कलाकारले खेलेको विज्ञापन र भारतीय
टेलिभिजन च्यानलमा पनि रोक लगाउने विज्ञप्तिमा
जनाईएको छ ।
यस विषयमा जानकारी गराउन विप्लव माओवादीले आईतबार
राजधानीमा पत्रकार सम्मेलन पनि गरेको थियो ।
पत्रकार सम्मेलनमा प्रकाण्डले भारतको नाकावन्दीकाविरुद्ध
संघर्षका कार्यक्रम घोषणा गरिएको बताए । साथै उनले तत्काल
नाकावन्दीको विकल्प खोजी आपूर्ति व्यवस्था सहज बनाउन
सरकारसँग माग गरे ।

No comments:

Post a Comment