Second Menu

‘नाई नभन्नु ल ४’सुरु, पल, प्रियंका, बर्षा र अनुभवको कथा

सफल चलचित्र ‘नाई नभन्नु
ल’को चौथो सिक्वेलको
छायांकन सोमबारबाट सुरु
हुने भएको छ । चलचित्रको
शनिबार पुजा गर्दै शुभसाइत
गरियो ।
विकास आचार्यले निर्माण
तथा निर्देशन गर्न लागेको
चलचित्रले यसपटक पनि बाल
केन्द्रित कथालाई नै उठान
गर्नेछ । यसपटक चलचित्रको
मुख्य भूमिकामा बाल-
कलाकार अनुभव रेग्मीको
साथमा नायिका प्रियंका कार्की, नायक सरोज खनाल देखिनेछन् ।
निर्देशक आचार्यले यसपटक चलचित्रमा पल शाह, बर्षा राउत र आँचल शर्मा
देखिनेछन् । ३ कलाकारलाई डेब्यू गराएको बिषयमा निर्देशक आचार्यले
भने-‘चलचित्रको कथावस्तुले नै यसपटक नयाँ पात्र खोजेको छ । चलचित्र
अनुभवको वरिपरी नै घुम्नेछ ।’
डेब्यू कलाकार पल शाह र बर्षा राउतले सफल चलचित्रको सिक्वेल भएकाले पनि
आफूहरुलाई काम गर्न उत्साह भएको बताए । साथमा चलचित्र क्षेत्रमा नै
निरन्तर अगाडि बढ्ने उनीहरुको भनाई छ । बाल-कलाकार अनुभव रेग्मीले
चलचित्रमा आफ्नो भूमिका राम्रो भएको भन्दै हलमा आएपछि सबै कुरा खुल्ने
जवाफ दिए ।
बसन्त सापकोटाले संगीत भरेका चलचित्रको छायांकन काठमाण्डौसँगै
चितवनमा पनि हुनेछ । चलचित्र चैत्र २६ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा
हिमाल केसीको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।

No comments:

Post a Comment