Second Menu

प्रियंकाको निजी जीवन


सुटिङ, इभेन्ट, विदेश टुरजस्ता सेड्युलले दौडाउँछ, प्रियंका कार्कीको दैनिकीलाई ।
त्यसैले अक्सर सुत्ने, उठ्ने, बस्ने कुरा उनको मर्जीअनुसार हुँदैन । यद्यपि जस्तोसुकै
व्यस्ततामा पनि आफूलाई ‘फिट एन्ड फाइन’ राख्ने गजबको खुबी छ, उनीसँग ।
नियन्त्रित एवं हेल्दी खानपान र व्यायाम प्रियंकाको नियमित दैनिकीमा
समेटिएकै हुन्छ ।
सुटिङ भ्याउनुपर्ने अवस्थामा उनी बिहान साढे तीन वा चार बजेभित्रै ओछ्यान
छाड्छिन् । यदि त्यस्तो हतार छैन भने त बिहानको पूरै समय सुतेर बित्छ । ‘आँखा खुले
पनि ओछ्यानमा पल्टिरहन मन लाग्छ,’ प्रियंका भन्छिन्– ‘मलाई सुत्न एकदमै
रुचि लाग्छ ।’ ओछ्यानमै बसेर सेटअप आदि एक्सरसाइज गर्छिन् उनी ।
प्रियंका विगतमा जिम जान्थिन् । अहिले घरैमा ट्रेडमिल र क्रसफिट ट्रेनर छन् ।
जतिसुकै व्यस्त भए पनि आधा घण्टाजति वर्कआउटका निम्ति छुट्याउँछिन् ।
शरीरबाट पसिना निस्किएपछि नुहाइधुवाइ फ्रेस हुन्छिन् । यतिबेलासम्म उनको
अगाडि ब्रेकफास्ट तयार भैसकेको हुन्छ । उनको ब्रेकफास्ट हेभी हुनुपर्छ । प्राय:
ब्रेकफास्टमा उनी टोस्ट, अन्डा र पर्याप्त फल खान्छिन् । त्यससँगै ठूलो गिलासमा
फलफूलको ताजा जुस पिउँछिन् । कहिलेकाहीँ बोयल ससेज, कर्नफ्लेक्स पनि खाने
गरेकी छिन् । ब्रेकफास्टसँग लेमन वा ब्ल्याक टी पिउने कार्कीले त्यसअघि तीन/चार
गिलास पानी पिइसकेकी हुन्छिन् । ‘पहिले मिल्क टी औधी मन पथ्र्यो।’ प्रियंका
भन्छिन्– ‘पछि ग्यास्ट्रिकका कारण छाडिदिएँ ।’
सुटिङ, भेटघाट, नयाँ प्रोजेक्टको तयारी, इभेन्ट आदिले उनलाई दिनभर बेफुर्सदिलो
बनाउँछ । कामको तालिकाअनुसार घरबाट निस्कँदा बिहानको १० बजेको हुन्छ ।
बाहिर निस्कनुअघि सामान्य मेकअप गर्छिन् । पब्लिक फिगर भएका नाताले पनि
आफूलाई ‘मेन्टेन’ गर्नुपर्ने बाध्यता छ । प्रियंका भन्छिन्– ‘बाटोमा अपर्झट
मानिसहरू भेटिन सक्छन्, त्यसैले राम्रै मेकअप र ड्रेसअप गरेर निस्कन्छु ।’
उनलाई हेभी मेकअप त्यति मन पर्दैन । गाजल, लिपिस्टक भने अनिवार्यजस्तै हुन्छ ।
सौन्दर्य प्रसाधनको प्रयोगमा उनी धेरै सचेत छिन् । विदेशमै खरिद गरिएको
गार्नियरको फेसवास तथा क्रिम प्रयोग गर्छिन् भने हेयर प्रोडक्टमा लोयल ब्रान्ड
उपयुक्त लाग्छ । केसको सौन्दर्य कायम राख्न घरमै हेयर ट्रिटमेन्ट गर्छिन्, प्यारासुट
आयलले । गरगहनाप्रति भने त्यस्तो आशक्ति छैन । कानमा सानो इयररिङ, एउटा
औंठी र घडी भए पुग्छ ।
पहिरनमा भने निकै लोभी छिन्, प्रियंका । विदेश टुरमा गएका बेला पहिरन खरिद
गरेकै हुन्छिन् । जुत्ताको त उनी यति सौखिन छिन् कि घरमा जुत्ता राख्ने ठाउँको
अभाव भैसकेको छ । उनको सुज र्यागमा थरीथरीका ६ सय जोर जुत्ता छन् । ‘मेरो
कलेक्सन देखेर ममी आफैं छक्क पर्नुभएको छ,’ प्रियंका ठट्यौली शैलीमा भन्छिन्–
‘उहाँ भन्नुहुन्छ, अब तिमी जुत्ताको माला लगाएर हिँड ।’
प्रियंकालाई अलि लुज र कम्र्फटेबल पहिरन लगाउन मन लाग्छ । त्यसैले उनी जिन्स–
टिसर्ट, हाप पाइन्ट तथा वान पिस ठाटिन रुचाउँछिन् । लुगाफाटा प्राय: विदेशमै
खरिद गर्छिन् । नेपालमा ब्रान्डेड आउटलेट भए पनि तुलनात्मक रूपमा महँगो पर्ने
हुनाले विदेशमै सपिङ गर्नुपरेको उनी बताउँछिन् । ‘नेपालमा चाहिनेभन्दा बढी मूल्य
राखेर बिक्री गरिन्छन्,’ प्रियंका भन्छिन्– ‘किनमेल गर्दा ठगिएको जस्तो लाग्छ
।’
कहिलेकहीँ किन्नै परेको अवस्थामा उनी पुग्ने खास ठाउँ छन् । जस्तो लिप्सी
कलेक्सन, पिनट कलेक्सन आदि । केही समययता केबीएमा पनि उनी सपिङ गरिरहेकी
भेटिन्छिन् । त्यसबाहेक उनलाई नेपाली डिजाइनरका पहिरन पनि मन पर्छन् ।
शुभेच्छा भँडेल तथा तेन्जिङ छेतेन भुटियाको डिजाइनले उनको मन जितेको छ । अलि
परम्परागत पहिरन लगाउनुपर्यो भने स्वर्णिम राईलाई सम्झन्छिन् ।
त्यसो त बेलाबखत फुटपाथमा पनि नपुग्ने होइन । आफूलाई मन पर्यो भने उनी
फुटपाथकै सामान पनि उठाउँछिन् । त्यस्तै, चलचित्रको चरित्रसँग सुहाउँदो पहिरन
खोज्न उनले कैयौं पटक असन तथा इन्द्रचोकको गल्ली चहारेकी छिन् ।
प्रियंका हुन्डाईको टक्सन चढ्छिन् । आफैं ड्राइभ गर्न भने त्यति जाँगर चल्दैन । उनी
ग्याजेटप्रेमी भने होइनन् । कुराकानीका लागि एउटा मोबाइल भए पुग्छ । उनी
सामसुङको एस सिक्स बोक्छिन् ।
उनलाई खानपानमा खासै आशक्ति छैन । हेभी ब्रेकफास्टपछि उनको खान्की
क्रमश: घट्दै जान्छ । साँझको ६ बजेपछि खानेकुरा खाँदिनन् । मध्याह्न हल्का लन्च
गरेपछि दिनभरका लागि पुग्छ । लन्चमा ग्रीन सलाद, नुडल्स तथा स्यान्डविच
रुचाउँछिन् । सुटिङमा पनि दाल, सलाद र तरकारी मात्र खान्छिन् । उनलाई
भान्साको काममा खासै जाँगर चल्दैन । यद्यपि आफ्नो कोठा सरसफाइ गर्ने,
सामानहरू मिलाउने काममा भने आफै खटिन्छिन् । व्यतस्ताका कारण लथालिङ्ग
भएको कोठाको सरसफाइ फुर्सदमा गर्छिन् उनी । घरमा भएका बेला टिभी हेरेर
तथा पुस्तक पढेर उनको समय व्यतीत हुन्छ । ‘मेरो ड्याडी फिल्म हेर्न एकदमै मन
गर्नुहुन्छ,’ प्रियंका भन्छिन्– ‘त्यसैले हामी नयाँ फिल्म लाग्नासाथ परिवारसहित
क्यूएफएक्समा पुगिसकेका हुन्छौं ।’ फिल्म जुनसुकै भए पनि हुन्छ— अंग्रेजी, नेपाली
होस् वा हिन्दी ।
घरमा उनको मन बहलाउने प्रिय कुकुर छ— स्नोही । यही कुकुरसँग खेल्दै, डुल्दै उनको
समय बित्छ । त्यसो त प्रियंका कुकुरप्रेमी नै हुन् । गल्लीका कुकुरहरूप्रति पनि उनको
अगाध स्नेह छ ।

No comments:

Post a Comment