हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी अहिले जापानामा छ । नयाँ बर्षको अवसर पारेर जापानमा आयोजना हुन लागेको सांकृतिक कार्यक्रममा सहभागी हुन यो जोडी जापान पुगेको हो ।
जापान पुगेर दीपाले साइलक चढिन् । नेपालका शिर्ष नेताले साइकल चढेर तस्बिर खिचाएजस्तै दीपाले पनि साइकल चढेरै तस्बिर खिचाइन् । दीपाले साइकल चढेको तस्बिरलाई उनकै सहकर्मी कलाकार दीपकराज गिरीले पूर्व प्रधानमन्त्री सुशिल कोइराला साइकल चढेको तस्बिरसँग तुलना गरेका छन् । उनले दुई तस्बिरमा ६ वटा समानता र भिन्नता भेट्टाएका छन् । उनले देखेका दीपा र सुशिल साइकल चढ्दै गरेको तस्बिरका ५ समानता र भिन्नता यस्ता छन्ः
१. एउटा फोटो नेपालको, अर्को जापानको ।
२. एउटा सरकार छोडेका मान्छे, अर्का ‘तितो सत्य’ छाडेकी मान्छे
३. दुवैजना अविवाहित
४. दुबैको जस्तो पेशा त्यस्तै त्यस्तै त्यस्तै लूगा
५. एउटा बोलेको नवुझ्ने, अर्को वुझे नि नवुझेको जस्तो गर्ने
६. दूबैको पछाडिको नाम ला, निरौला र कोइराला ।
दीपकले यो भिन्नता र समानता देखाएर दीपाले आफ्नो कुरा वुझेपनि नवुझे जस्तो गर्ने गरेको संकेत गरेका छन् । सामाजिक संजालमा दीपकले लेखेका स्टाटसहरुले चर्चा पाउने गरेका छन् । हेरौ, दीपकको यो तुलनालाई उनका फ्यानले कसरी लिने हुन् ।
No comments:
Post a Comment