Second Menu

गत वर्षका प्रमुख मानवीय दुर्घटना

विद्रोहीको निसानामा विमान
जुलाई महिनाको दोस्रो साता चालक दलका सदस्यसहित २ सय ९८ जना यात्रु बोकेर उडेको मलेसियन एयरलाइन्स बेपत्ता भएको खवरले सनसनी मच्यायो । पछि उक्त विमान युक्रेनको पूर्वी भागमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो । त्यसपछि मलेसियन एयरलाइन्सको एमएच–१७ कलसाइन भएको उक्त विमान कुनै प्राविधिक गडबडी वा चालकको लापरबाहीले नभै मिसाइल आक्रमणबाट दुर्घटनाग्रस्त भएको तथ्य पत्ता लाग्यो । युक्रेनका विद्रोहीले क्षेप्यास्त्र हानेर उक्त विमान खसालेका थिए । विमान नेदरल्यान्डको आम्स्ट्रडमवाट मलेसियाको राजधानी क्लालालम्पुरका लागि उडेको थियो ।

शरणार्थी चढेको डुंगा डुबेपछि
मध्यपूर्व र अफ्रिकाबाट युद्ध र गरिबीका कारण शरणार्थीका रूपमा युरोप जाने क्रम बढ्दो छ । यसरी भाग्ने क्रममा भूमध्यसागर पार गरिरहेका शरणार्थीहरूको डुंगा डुब्दा ८ सय जनाको मृत्यु भयो । उक्त डुंगामा करिब १ हजार लिबियाली सवार थिए । लिबियाबाट भागेका शरणार्थीहरू बोकेका थुप्रै साना–ठूला डुंगा यो वर्ष भूमध्यसागरमा डुबे ।

ट्रान्स एसियाको विमान दुर्घटना
ताइवानमा ट्रान्स एसियाको कमर्सियल विमान एटीआर–७२ उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भयो । फेब्रुअरीमा भएको उक्त दुर्घटनामा ३१ जनाले ज्यान गुमाए । उक्त विमानमा ५८ यात्रु सवार थिए । ट्रान्स एसियाको फ्लाइट २३५ उडान भरेको ३२ सेकेन्डमै ताइपेको किलंग नदीको पुलमा ठोक्किन पुगेको थियो ।

जर्मन विमान दुर्घटना
मार्च महिनाको अन्तिम साता स्पेनको बार्सिलोना एयरपोर्टबाट जर्मनीका लागि उडेको जर्मन विंग्सको विमान गन्तव्यमा पुग्नु अघिनै दुर्घटनाग्रस्त भयो । विमानमा १ सय ४२ यात्रु तथा ६ जना क्रु सदस्य थिए । उनीहरूमध्ये कोही पनि जीवित रहेनन् । दुर्घटना फ्रान्सको राजधानी पेरिसबाट ७ सय ५० किलोमिटर टाढा भएको थियो ।

चीनमा भीषण बिस्फोट
चीनको त्यान्जिन सहरको औद्योगिक क्षेत्रमा मध्यराति प्रज्वलनशील पदार्थ भण्डारण गरिएको एउटा गोदाममा भीषण बिस्फोट हुँदा १ सय ४ जनाले ज्यान गुमाए । मृत्यु हुनेमध्ये ९ जना फायरकर्मी थिए । उक्त बिस्फोटमा परी ५ सय २० जनाभन्दा बढी घाइते भए । त्यसमध्ये ३ सयको अवस्था गम्भीर थियो । उक्त बिस्फोट यति शक्तिशाली थियो कि त्यसको झट्का केही किलोमिटर टाढासम्म महसुस गरिएको थियो ।

इजिप्टमा रूसी विमान दुर्घटना
अक्टोबर महिनामा रुसी यात्रुवाहक विमान इजिप्टको सिनाई प्राय:द्वीपमा दुर्घटनाग्रस्त भयो । विमानमा २ सय २० जनाभन्दा बढी यात्रु सवार थिए उनीहरूमध्ये कोही पनि जीवित रहेनन् । इजिप्टको रेड सी रिसोर्टबाट रूसको सेन्ट पिटर्सवर्गका लागि उडेको उक्त विमानका अधिकांश यात्रु रूसी पर्यटक थिए । विमान दुर्घटना लगत्तै विभिन्न आशंका उब्जिएका थिए र विमानसम्बन्धी विरोधाभाषपूर्ण विवरणहरू आएका थिए । कतिपय रिपोर्टमा उक्त विमान साइप्रसमाथिको आकाशबाट हराएको उल्लेख गरिएको थियो । पछि उक्त विमान इस्लामिक स्टेटले खसालेको समाचारलाई स्वयं रूसले पुष्टि गर्‍यो ।

हुवेई प्रान्तमा डुंगा दुर्घटना
चीनको हुवेई प्रान्तको याङ्ग्सी नदीमा नानजिगबाट चोंगाचिंगतर्फ गैरहेको करिब ४ सय ५० यात्रु सवार डुंगा चक्रवाती आँधीमा फस्दा डुंगामा रहेका अधिकांशको मृत्यु भयो भने केही बेपत्ता भए । मृत्यु हुने अधिकांश यात्री ५० देखि ८० वर्षका थिए । त्यसमध्ये अधिकांश बेपत्ता भएका थिए । उक्त दुर्घटना पछिल्लो ७० वर्षयता भएको चीनको सबैभन्दा ठूलो डुंगा दुर्घटना थियो ।

मक्का भागदौड
साउदी अरेबियाको मक्कामा हज गर्ने क्रममा भागदौड मच्चिँदा २४ सयभन्दा वढी तीर्थयात्रुको मृत्यु भयो । मुस्लिम समुदायको सबैभन्दा ठूलो तीर्थस्थलमा हज गर्न यो वर्ष २० लाखभन्दा बढी तीर्थयात्री पुगेका थिए । मक्कास्थित मस्जिदभित्र रहेको शैतानको प्रतिनिधित्व गर्ने खम्बामा ढुंगा हान्न मिना भन्ने स्थानमा भेला भएका हज यात्रीबीच अकस्मात् भागदौड मच्चिएपछि उक्त दुर्घटना भएको थियो ।

मक्काको क्रेन दुर्घटना
साउदी अरेयिबाको मक्काकै एक अर्को मस्जिदमा क्रेन ढल्दा भएको दुर्घटनामा परेर १ सय ७ जनाले ज्यान गुमाए । सेप्टेम्बर महिनामा भएको उक्त घटनामा २ सय ३० भन्दा वढी घाइते भए । भारी वर्षा र तीव्र गतिको हावाका कारण उक्त क्षेत्रमा भैरहेको निर्माण कार्यमा संलग्न क्रेन मस्जिदको छतमा ढलेको थियो ।

No comments:

Post a Comment