माटोको हिटर
एलपी ग्यासको विकल्पमा भारत तथा चीनबाट भित्रिने इन्डक्सन चुलोको माग नेपाली बजारमा उच्च छ ।
महँगो तर सजिलो मानिएको इन्डक्सनको साटो नेपालीकै सीप र प्रविधि प्रयोग गरी बनाइएको माटोको हिटरको बजार पनि उत्तिकै राम्रो छ । भक्तपुरका गाउँहरूमा तयार हुने यस्ता हिटरको मूल्य ३ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ । माटोलाई मसिनो गरी पिसेर आकार निकालेपछि घाममा सुकाएर चुलो तयार पार्न करिब एक हप्ता लाग्छ ।
पिन र क्वाइल जडान गरेर तयार हुने यस्ता चुलो जताततै किन्न पाइन्छ ।
No comments:
Post a Comment