Second Menu

अम्लपित्त भएमा

- ज्वानो, हर्रो, सिधे नुन तथा थोरै हिङ मिसाएर चूर्ण बनाउने र खानापछि बिहान–बेलुका १ चम्चा खाने ।

- मूलाको रसमा मिस्री हालेर पिउने ।

- प्याजको रस १ चम्चा, कागतीको रस १ चम्चा तथा मरिचको धुलो मिलाएर खाने ।

- ल्वाङ, हर्रो तथा ज्वानो पानीमा पकाएर खाने ।

- आधा–आधा चम्चा पिपला र सुठो चूर्णमा मह मिसाएर खाने ।

- घ्यू कुमारीको रस नियमित सेवन गर्ने ।

- सूठो, कालो नुन, दालचिनी, हिंग, पिपला तथा हर्रोको चूर्ण बनाएर बिहान–बेलुका खानापछि खाने ।

- पेटमा माटोको पट्टी दिने ।

- कपाल भाति आदि प्रणायामका साथ अन्य योगभ्यास गर्ने ।

No comments:

Post a Comment