वैशाखमा गएको भूकम्पको कारण घर बाहिर बस्न वाध्य भूकम्प पीडितहरुलाई अहिले जाडोले सताएको छ । जाडोका कारण समस्यामा परेका भूकम्प पीडितहरुलाई नेपालका चर्चित हाँस्य कलाकारहरुले सक्दो सहयोग गरिरहेका छन् । सरसफाइसँगै भूकम्प पीडितका लाग न्यानोको लूगा वितरण गर्न अग्रसर छन्, सिताराम कट्टेल र कुञ्जना घिमिरे ।
केही समय अगाडि हाँस्य कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले २ लाख रकम सहयोग गर्दै भूकम्प पीडितसँग सामिप्यता देखाए । उनीहरुले फेसबुकबाट आह्वान गर्दै न्यानो कपडा पनि जम्मा गरे र वितरण गरे ।
अब, अर्का कलाकार समाजसेवामा अगाडि देखिएका छन् । चर्चित, हाँस्य कलाकार जीतु नेपालले पनि जाडोले समस्यामा परेका आफ्नै गाउँका ८७ परिवारलाई सिरक वितरण गरेका छन् । आफ्नो जन्मस्थान सिन्धुपाल्चोक फुल्पिङडाँडा गाविस ५ र ७ मा उनले एक लाख बराबरको सिरक वितरण गरेका छन् ।
६० हजार रुपैयाँ अमेरिकाको सिकागोमा बस्दै आएका बिष्णुहरी सुवेदी र बाबु केसीले सहयोग गरेको जीतु नेपालको भनाई छ । आफ्नो तर्फबाट पनि थप केही सहयोग गरेर गाउँलेलाई जाडोमा सिरक कोसेली दिएको उनको भनाई छ ।
नेपालले यसअघि पनि आफ्नो गाउँका १ सय ३५ भूकम्प प्रभावित परिवारलाई एक बण्डल जस्ता र एक बोरा चामल सहयोग वितरण गरेका थिए । राष्ट्रिय कलाकारको परिचय बनिसकेकाले समाजिक काममा पनि सक्रिय भएको हेर्न चाहेको उनीहरुले बताएका छन् ।
No comments:
Post a Comment