Second Menu

कार्यक्रम हेरेर ड्रेस छान्छु

शिव परियार, गायक

गायक शिव परियार रफटफमै हिँड्न रुचाउँछन् । गायक परियारको स्टाइल फलो गर्ने युवाहरू पनि प्रसस्तै छन् । व्यस्त दैनिकी भएका परियार कार्यक्रम हेरेर पहिरन छनौट गर्छन् । फेसन र व्यक्तित्वबीच नङ र मासुको जस्तो सम्बन्ध हुने कुरा बताउने गायक परियार वातावरण हेरेर आफ्नो पहिरन छनौट गर्छन् । फुर्सदका बेला उनी टिसर्ट र जिन्समा ठाँटिन्छन् ।

अनुहारमा सामान्य क्रिम प्रयोग गर्ने परियार आफ्नो अनुहारमा टक्सिन भएकाले त्यसलाई रोकथाम गर्ने क्रिम, मोस्चराइजर र परफ्युमबाहेक अन्य कुनै पनि सौन्दर्य प्रसाधन प्रयोग गर्दैनन् । यस्ता उत्पादन खरिद गर्दा उनी ब्रान्डभन्दा पनि आफूलाई मन पर्ने सुगन्ध छनोट गर्छन् । हेयर स्टाइलप्रति निकै सचेत परियार अवस्था र आवश्यकताअनुसार केशको स्टाइल परिवर्तन गरिरहन रुचाउँछन् ।

गायक परियारले घाँटीमा लामा गुरुले फुकेको बुटी लगाएका छन् । उक्त चाँदीको बुटीले आफूलाई सकारात्मक महसुस गराएको परियारको दाबी छ । उनीसँग विभिन्न ब्रान्डका घडीहरूको संग्रह छ । कहिले गुच्ची त कहिले रेवन ब्रान्डका सनग्लास लगाउने परियारलाई वेफेर फ्रेमको चस्मा असाध्यै मन पर्छ ।

उनले बोक्ने पर्स ब्रान्डेड नै हुन्छ भन्ने छैन, त्यस्ता पर्स कहिले आफैं किन्छन् त कहिले शुभचिन्तकले उपहार दिन्छन् । प्राय: बुट लगाउन रुचाउने परियारको छनौटमा टिम्बरल्यान्ड, डाक्टर मार्टिन, एयर म्याक तथा नाइकका जुत्ता पर्छन् । आइफोन सिक्स प्लस, म्याक एयर टु आइप्याड एवं सोनी भयो ल्यापटप बोक्ने शिव व्यवहारिक जीवनलाई बुझेर मात्र फेसनमा अघि बढ्नुपर्ने तर्क गर्छन् ।

No comments:

Post a Comment