चलचित्र निर्माण र अभिनयका लागि मुम्बई फर्किएकी नायिका मनिषा कोईरालाले पुनः बलिउडका चर्चित खलनायक गुलशन ग्रोभरसँग दोस्तीको हात बढाएकी छिन् ।
बलिउडमा ‘ब्याड ब्वाई’को नामले चिनिएका गुलशनसँगै मनिषाले नयाँ वर्ष मनाएकी छिन् । ‘सौदागर, मीलन, सनम, कार्तुस, लज्जा’ लगायतका चलचित्रमा उनीहरुले सँगै काम गरेका छन् ।
नेपाली ब्यबसायी सम्राट दाहालसँग विवाह गरेकी मनिषाले विवाहको एक वर्षपछि सम्बन्ध बिच्छेद गरेकी थिईन् । पाठेघरको क्यान्सरको सफल उपचार पश्चात उनले नयाँ जीवन पाएको धारणा राख्दै आएकी छिन् ।
No comments:
Post a Comment