Second Menu

फर्माइस’ ५ सय तिरेर किने माधव नेपालले

काठमाण्डौको एक होटलमा गायक हेमन मोक्तानको एकल स्वर रहेको एल्बम ‘फर्माइस’ सार्वजनिक गरिएको छ । एल्बममा ६ वटा गीत समावेश छन् । हेमन गायनसँगै संगीत र समाजसेवाको क्षेत्रमा सक्रिय छन् । ‘फर्माइस’लाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक गरेका हुन् ।

एल्बम सार्वजनिक गरेका नेपालले नगद ५ सय तिरेर एल्बम पनि खरिद गरे । एल्बम किनेपछि माधवले भने-‘यो मेरो लागि नौलो अनुभव हो । किनकी प्राय स्थानमा उपहार नै पाउने गरेको छु । तर, यहाँ मैले एल्बम खरिद गर्दा बालबालिकाले शिक्षा पाउने हुँदा मैले खरिद गरेको हुँ ।’

कार्यक्रममा एल्बममा समावेश ३ वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । गायक हेमनले आफ्नो संगीतले केही बालबालिकालाई शिक्षा दिएको बताए । उनले शिक्षामा मात्र नभएर स्वास्थ्यमा पनि केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

आफू सांगीतिक कार्यक्रमका लागि कतार जान लागेको भन्दै हेमनले त्यसबाट आउने रकम पनि बालबालिकाको सहयोगका लागि खर्च गर्ने बताए ।

No comments:

Post a Comment