Second Menu

प्रतिभा देखाउँदै मिस ई–कलेज

शनिबार मिस ई–कलेज प्रतियोगिताको छैटौं संस्करणका १६ जना सहभागी आ–आफ्नो प्रतिभा प्रदर्शनमा उत्रिए । ट्यालेन्ट एवार्डका लागि भएको उक्त प्रतिस्पर्धात्मक प्रस्तुतिमा अधिकांश सहभागीले नृत्यलाई आफ्नो प्रतिभा प्रदर्शनको आधार बनाए । केहीले गायन प्रतिभा प्रस्तुत गरे भने कविता वाचन, वक्तृत्वकला तथा चित्रकला प्रस्तुत गर्ने सहभागीहरू पनि उत्तिकै थिए । सिजन मिडियाद्वारा आयोजित सञ्चालन हुने यो प्रतियोगिताको मुख्य प्रतिस्पर्धा आज दिउँसो जमलस्थित राष्ट्रिय नाचघरमा सञ्चालन हुँदैछ ।

कलेजमा अध्ययनरत युवतीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर तथा नेतृत्व क्षमता विकास गर्दै उच्च शिक्षा अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिइएको हो । आज सम्पन्न हुने यो प्रतियोगिताकी विजेताले स्कुटरका साथमा उच्च शिक्षाका लागि छात्रवृत्तिका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन् ।

No comments:

Post a Comment