Second Menu

प्रज्वल र सोनिया भन्दैछन् भेट भाको बेलैमा…

काठमाडौं । प्रज्वल गिरी र सोनिया गिरीको मुख्य भूमिका रहेको चलचत्रि ‘कुर्बान’को एउटा गीत सार्वजनिक भएको छ । ‘भेट भाको बेलैमा फोटो खिचे मोबाइलमा…।

बेदप्रसाद भुर्तेलको निर्देशनमा निर्माण भएको चलचित्रको यस गीतमा दयाराम पाण्डेको शब्द, टंक बुढाथोकी र जुना प्रसाइंको स्वर रहेको छ ।

प्रज्वल र सोनियासँगै अभय चन्द, लय संग्रौला, पुष्कर भट्ट, खुस्बु पौडेल, किरण थापा, घनश्याम गिरी, राकेश गिरी, जयना कुँवर लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा चन्ऽ पन्तको द्धन्द,टंक बुढाथोकी र ओम सुनुवारको संगीत, मदन कास्यप घिमिरेको छायांकन रहेको छ । भने, कथा र कन्सेप्ट सुदिप आत्रयको रहेको छ ।

प्रेमकथामा आधारित चलचित्र प्रदर्शनको अन्तिम तयारीमा पुगेको निर्देशक भुर्तेलको भनाई रहेको छ ।

No comments:

Post a Comment