Second Menu

नहुने भयो ‘कामना अवार्ड’, भूकम्प मुख्य कारण

गत बर्षबाट सुरु भएको ‘सीजी कामना अवार्ड’ यस बर्ष आयोजना नहुने भएको छ । वि.सं २०७० सालमा रिलिज भएका चलचित्रहरुलाई भिडन्त गराउँदै गतबर्ष काठमाण्डौमा भव्य अवार्ड आयोजना भएको थियो । तर, यस बर्ष भने अवार्डले निरन्तरता नपाउने भएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड यो बर्ष नहुने जानकारी गराइएको हो । यसको मुख्य कारण भूकम्प र नाकाबन्दीलाई मानिएको छ । देश समस्यामा परेको बेलामा हर्ष मनाउनुको अर्थ नदेखेर अवार्ड आयोजना नगरिएको आयोजकले जानकारी दियो । तर, अर्को बर्षको सुरुवातमै अवार्ड आयोजना गर्ने कामना पब्लिकेशनका सम्पादक विदुर गिरीले जानकारी दिए । वि.सं २०७२ सालको अवार्ड वि.सं २०७३ को सुरुवातमा नै गर्ने उनको भनाई थियो ।

कार्यक्रममा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु पुगेका थिए । राजेश हमाल, भूवन केसी, आर्यन सिग्देल, नम्रता श्रेष्ठ, सुष्मा कार्की, ऋचा शर्मा, दिनेश राउत, सिताराम कट्टेल, कुञ्जना घिमिरे, निश्चल बस्नेत, दीपाश्री निरौला लगायत सोल्टी होटल पुगेका थिए । यस्तै, कर्पोरेट हाउसका विभिन्न व्यक्ति भने रात्रीभोजमा सहभागी भएका थिए ।

No comments:

Post a Comment