नयाँ नेपाल समाजमा रहेका ६० जना बालबालिकालाई हेल्प फर ह्यूमनले जाडोको कपडा वितरण गरेको छ । समाजमै पुगेर त्यहाँ रहेका ६० जना बालबालिकालाई जाडोमा लगाउने कपडा वितरण गरिएको समाजका अध्यक्ष रमण रिझन सुवेदीले जानकारी दिए ।
जाडोमा लगाउने कपडा वितरण गर्नका लागि कलाकारको टोली पुगेको थियो । गायक रुपक डोटेल, सपन श्रेष्ठ, संजिव पुडासैनी, सुनिल गिरी, प्रवेश लिम्बु, गायिका रेश्मा सुनुवार, आंकाक्षा बस्याल, मोडलद्धय पल शाह र निराजन प्रधान, एसियन म्यूजिकका प्रवन्ध निर्देशक इश्वर गुरुङ समाजमा पुगेका थिए । उनीहरुको हातबाट बालबालिकालाई कपडा वितरण गरिएको थियो ।
कलाकारहरुको टोली पुग्दा समाजमा रहेका बालबालिका पनि खुशी देखिए । कलाकारहरुले पनि यस्तो समाजसेवामा सहभागी हुन पाउँदा खुशी व्यक्त गरेका थिए ।
No comments:
Post a Comment