चलचित्र ‘के म तिम्रो होइन र’को टिमले समाजसेवी दिलशोभा श्रेष्ठको रविभवनस्थित ‘आमा घर’ पुगेर ब्ल्याङ्केट वितरण गरेको छ । आमा घरमा रहेका वृद्धहरुलाई जाडोमा न्यानो होस् भन्ने हेतुले सहयोग गरेको चलचित्रका निर्देशक आकाश अधिकारीले जानकारी दिए ।
आमा घरमा रहेका ३८ जना आमाहरुलाई पुग्ने ब्ल्याङ्केट र म्याट वितरण गरिएको थियो । भूकम्प पीडितहरुको सेवामा समेत खटिएका आकाश्ाले ‘आमा घर’का लागि ब्ल्याङ्केट आवश्यक रहेको खबर पाएपछि आफूहरु आएको बताए । आगामी दिनमा पनि आवश्यक परे आफ्नो संस्थाले सहयोग गर्ने उनको भनाई थियो ।
चलचित्र ‘के म तिम्रो होइन र’ टिमसँग सहकार्य गर्दै आकाश ‘आमा घर’ पुगेका थिए । उनको साथमा चलचित्रका नायक आर्यन अधिकारी, नायिका मरिष्का पोख्रेल र निर्माता सुरेश अधिकारी पनि आमा घर पुगेका थिए । यस्तै, चलचित्रको टोलीले बनस्थलीमा रहेको ‘एभरेष्ट बाल आश्रम’मा रहेका बालबालिकाहरुलाई पनि ब्ल्याङ्केट र म्याट वितरण गरेको थियो ।
बाल आश्रममा रहेका ३३ जना बालबालिकालाई यो टोलीले जाडोमा न्यानोपन दिने प्रयास गरेको हो ।
आकाश र उनको टिमले गरेको सहयोगबाट आफूहरु एक्लो नभएको महुशश भएको आमा घरकी संचालिका दिल शोभा श्रेष्ठले बताइन् ।
छायांकन सकिएको चलचित्र ‘के म तिम्रो होइन र’लाई नयाँ बर्षको सुरुवाती महिनामा प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्देशक अधिकारीको भनाई छ ।
No comments:
Post a Comment