Second Menu

क्लासिक’को ‘प्रकृतीको सुन्दर’ गीत सार्वजनिक, नम्रताको काम उत्कृष्ट


यस्तो लाग्दैछ, नेपाली चलचित्रका मेकरहरु अहिले धेरै नै सजग र मिहिनेती भएका छन् । चलचित्रलाई उत्कृष्ट बनाउनका लागि अब उनीहरुले संझौता गर्न छाडेका छन् । बर्षमा १० जना मात्र मेकरले यस बिषयमा ध्यान दिने हो भने, नेपाली चलचित्रको स्तर उकालो लाग्ने थियो ।

अहिले चलचित्रको मेकिङ, गीतसंगीत, कथावस्तुमा निर्माता तथा निर्देशकले पूर्ण रुपमा ध्यान दिन थालेका छन् । सायद, यसैले पनि त्यसको नजिता राम्रो देखिन थालेको छ ।

नेपाली चलचित्रका गीतसंगीत अहिले उत्कृष्ट बन्न थालेका छन् । जसको प्रत्यक्ष फाइदा चलचित्रको व्यापारमा हुनेछ । माघ २९ गतेबाट अल नेपाल प्रदर्शन हुने चलचित्र ‘क्लासिक’ले गीतको अडियो र भिडियोमा कुनै संझौता नगरेको देखिन्छ ।

यसैले पनि सार्वजनिक भएका चलचित्रका गीतलाई दर्शकले रुचाइरहेका छन् । ताराप्रकाश लिम्बुको संगीतमा समावेश यो चलचित्रका गीतहरुको भिडियो मेकिङमा पनि निर्माणपक्षले ध्यान दिएको छ ।

यसै चलचित्रमा समावेश ‘प्रकृतिका सुन्दर’ बोलको गीत युटुबबाट सार्वजनिक गरिएको छ । डाक्टर कृष्णहरी बरालको शब्द, मेलिना राइको स्वर रहेको यो गीत सुन्दा आनन्द महुशश हुन्छ । यो गीतको शब्द उत्कृष्ट छ । गायिका राइको स्वरले गीतलाई ज्यान भर्ने काम गरेको छ । गीतमा चलचित्रकी नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । दृष्टिबिहिनको भूमिकामा देखिएकी नम्रताले गीतमा लोभलाग्दो तरिकाले लिप्सिङ गरेकी छिन् ।

यसअघि सार्वजनिक भएको ‘सुनौला हरदिन’ले दर्शकको मन जितिसकेको छ । चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले मुख्य भूमिकामा छन् ।

दृष्टिबिहिनहरुको प्रेम तथा सांगीतिक कथामा तयार भएको यो चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन् ।

सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा दिनेश राउतको निर्देशन छ । दिनेशले करिब ३ बर्ष लगाएर यो चलचित्रको कथा लेखेका थिए ।

No comments:

Post a Comment