Second Menu

संरक्षण’मा सौगातको अंगालोमा अशिष्मा


चलचित्रको पर्दामा प्राय गम्भिर भूमिकामा देखिने नायक सौगात मल्ल अहिले नायिका अशिष्मा नकर्मीसँग रोमान्स गरिरहेका छन् । सौगातको अंगालोमा अशिष्मालाई देख्न सकिन्छ । विरगञ्जमा छायांकन गरिएको चलचित्र ‘संरक्षण’मा नायिका नकर्मी र सौगातको यो  प्रेम  देखिएको हो ।

पुर्नेन्दु झाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मीको मुख्य भूमिका छ । चलचित्रको छायांकन करिब ४० प्रतिशत सकिएको निर्माता प्रदिपकुमार उदयले जानकारी दिए ।

उनका अनुसार सौगात र अशिष्माको प्रेम कथालाई पनि चलचित्रमा समावेश गरिएको छ । यो चलचित्रमा नायकद्धय निखिल र सौगात प्रहरीको भूमिकामा देखिएका छन् । देशको राजनीतिक अवस्थालाई विभिन्न कोणबाट चित्रित गरिएको यो चलचित्रको आइटम गीत हेटौडामा आइतबार छायांकन गरिएको छ ।

No comments:

Post a Comment