हिजोआज दुलहीका लागि आवश्यक पहिरन बुटिकहरूले तयार गर्न थालेका छन् । यस्तै बुटिकहरूमध्ये एक हो कुपन्डोलस्थित फेन्सी फेसनपार्लर । उक्त बुटिककी प्रमुख डिजाइनर किरण अग्रवालसँग दुलहीको पहिरनको सेरोफेरोमा गरिएको कुराकानी:
अहिले दुलहीका लागि कस्तो फेसन प्रचलित छ ?
लेहेंगा र ह्यान्डवर्क गरिएको साडीको माग बढी छ ।
कस्ता रंगका ब्राइडल लेहेंगाको माग बढी हुन्छ ?
रातो रंगको प्रचलन हिजो पनि थियो आज पनि छ । हिजो–आज रातोमात्र लगाउने चलन हराउँदै गएकाले अन्य रंग पनि लोकप्रिय हुन थालेका छन्, त्यस्ता रंगमा सिल्भर, गोल्ड, पिंक र रोयल प्रमुख छन् ।
ब्राइडल लेहेंगा तयार गर्दा विशेष के कुरामा ध्यान दिनुपर्छ ?
दुलहीको जीउमा कस्तो पहिरन सुहाउँछ अर्थात् कुन डिजाइनले ग्ल्यामर लुक्स दिन्छ भन्ने कुरामा विशेष ख्याल गरिन्छ ।
ब्राइडल लेहेंगासँग अन्य कुन–कुन पहिरन प्रचलित छन् ?
लेहेंगासँगै, चोली, सल अर्थात् घुम्टो, लेहेंगाको सेटमा तयार गरिएको ब्राइडल थैली प्रचलित छन् ।
कुन–कुन फेब्रिकमा ब्राइडल लेहेंगा तयार गर्न सकिन्छ ?
सफ्टनेट, हार्डनेट, भेल्भेट, ग्लिटरनेट तथा इम्ब्रोडरीनेटमा ।
कस्ता साम्रगी प्रयोग गरिन्छ ?
बोर्डर, फ्याब्रिक, इनरवर्क, ह्यान्डवर्क, झुम्का, हार्डनेटजस्ता सामग्री प्रयोग गरिन्छ ।
नेपाली बजारमा कति मूल्यसम्मका ब्राइडल लेहेंगा खरिद–बिक्री हुन्छ ?
२० हजारदेखि ५० हजार रुपैयाँसम्मका ब्राइडल लेहेंगा ट्ेरन्डमा छन् । बजारमा लाख रुपैयाँभन्दा महँगा लेहेंगा पनि उपलब्ध छ ।
त्यस्तो लेहेंगा तयार गर्न कति दिन लाग्छ ?
त्यस्तो लेहेंगाको डिजाइन मै बढी समय लाग्ने भएकाले एउटै लेहेंगा बनाउन १० देखि १५ दिनसम्म लाग्न सक्छ ।
No comments:
Post a Comment