Second Menu

सामाजिक सञ्जाल र एप्सको संगम

तपाईंलाई कुनै अर्को व्यक्तिसँगको सम्बन्ध कस्तो होला जस्तो लाग्छ ? कुनै अनुमान लगाउन मन छ ? अर्को व्यक्तिले तपाईंलाई कुन दृष्टिकोणले हेर्छ ? उसको तपाईंप्रतिको धारणा कस्तो होला ? यस्ता विभिन्न एप्सहरू सामाजिक सञ्जालमा धेरैले सेयर गरेको कुरा हामी देखिरहन्छौं । यस्ता सबै कुरा जाँच्ने इच्छा छ भने यी सबै कार्य अब सम्भव भएकैले अहिले ती सेयर पनि भएका हुन्छन् ।

पहिले कम्प्युटरमा किबोर्डको सहयोगले इमेल चलाउने हातहरू अब स्मार्टफोनमा रमाउन थालेका छन् । त्यसैले स्मार्टफोन अब प्रेम व्यक्त गर्ने डिभाइसका रूपमा समेत प्रचलित हुन थालेको छ । एप्पलको एप स्टोर, माइक्रोसफ्टको ओएस र गुगलको एन्ड्रोइड आदि प्रेम व्यक्त गर्ने गतिलो माध्यम बनिरहेका छन् । डेभलपरहरूले यसैअनुसार एप्स निर्माण गरिरहेका छन् ।

यस्ता एप्समार्फत आफ्ना धारणाहरू सेयर गर्न, भ्यालेन्टाइनसँग सम्बन्धित विभिन्न गेम खेल्न, रोमान्टिक गीतहरू सुन्न र आफ्नो मुडलाई प्रेममय बनाउन आवश्यक वालपेपरसमेत प्राप्त गर्न सकिन्छ । अधिकांश एप्स नि:शुल्क उपलब्ध गर्न सकिन्छ र यीमार्फत प्रेमी–प्रेमिकालाई फूल, स्याम्पेन, चकलेट, बेलुन र अन्य विभिन्न गिफ्ट दिन सकिन्छ ।

क्यामेरा प्लस

आईफोनमा भएको यो एपमार्फत विभिन्न तस्बिरलाई आफ्नो रुचिअनुरूपको ब्याकग्राउन्डमा सजाउन सकिन्छ । तस्बिरलाई क्रप गर्न, लाइट मिलाउन, रोटेशन गर्न र इन्स्ट्राग्राम स्टाइलको फिल्टर प्रयोग गरी सम्पादन गर्नसमेत सकिन्छ । यसमा भएको लाइटबक्स आइक्लाउडसित सिन्क हुने हुँदा सबै कुरा ब्याकअपका रूपमा सेभ भएका हुन्छन् र सेयर गर्नसमेत मिल्छ । यसको प्रयोगबाट भ्यालेन्टाइन डेलाई स्मरणीय बनाउन सकिन्छ ।

रेड स्ट्याम्प

रेड स्ट्याम्पले आफ्नो व्यक्तिगत कार्ड, नोट, इन्भिटेसन तथा अन्य जानकारीलाई उपयुक्त डिजाइनमा निर्माण गर्न सघाउँछ । यसलाई इमेल र टेक्स्ट म्यासेजको सहयोगले पठाउन सकिन्छ । यसलाई फेसबुक तथा ट्विटरमा सेयरसमेत गर्न सकिन्छ ।

बी माइन (लाइट)

अहिले हुलाकबाट पहिले जस्तो पोस्ट कार्ड वा चिठी पठाउने जमान छैन । बरु पोस्टकार्डभन्दा रोचक भ्यालेन्टाइन कार्ड पठाउन यो एप्प प्रयोग गर्न सकिन्छ । विभिन्न आकारका कलरफुल हार्ट सेप्स, लिप्स, क्युपिड, स्ट्याम्प आदि पठाउनका लागि यसको प्रयोग गर्न सकिन्छ । तिनमा विभिन्न टेक्स्ट र अन्य फिचरको प्रयोग गरी मायालुको स्मार्टफोनमा पठाउन सकिन्छ ।

कपल

कपल एउटा मोबाइल म्यासेजिङ एप हो, जसले दुई व्यक्तिका बीचमा मोबाइल म्यासेजिङ सर्भिस प्रदान गर्छ । खासगरी रोमान्टिक कपलका लागि यसको निर्माण गरिएको हो । अन्य म्यासेजिङ एप्स जस्तै यसबाट टेक्स्ट, फोटो, भिडियो तथा अन्य कन्टेन्ट सेयर गर्न सकिन्छ । यो ह्वाट्स एप, फेसबुक म्यासेन्जरजस्तै एप हो ।

एभोकाडो

एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त मोबाइलका लागि पनि विभिन्न एप्लिकेसन उपलब्ध छन् । तीमध्ये एभोकाडो पनि एक प्रकारको नि:शुल्क एप्स हो । गुगल, ट्विटर र युट्युबका विज्ञहरूद्वारा निर्माण गरिएको यो एप्लिकेसन खासगरी प्रेम जोडीहरूलाई डिजिटल संसारमा कनेक्ट भैरहन सहयोग पुर्‍याउँछ । यसले उनीहरूलाई प्राइभेसीसहित अनलाइन स्पेस उपलब्ध गराउँछ । यसका साथै प्राइभेट म्यासेज पठाउन, मिडिया ग्यालरी र क्यालेन्डर सेयर गर्न तथा भर्चुअल रूपमा हग एवं किस गर्न समेत सहयोग पुर्‍याउँछ ।

क्राउडेड रुम

क्राउडेड रुमले फेसबुक र अन्य सोसियल नेटवर्कमा भएका सम्भावित जोडी म्युचुअल इन्ट्रेस्टका आधारमा खोजी गर्न सहयोग पुर्‍याउँछ । उही लोकेसनमा भएका अथवा सर्टलिस्टका आधारमा पनि जोडी खोज्न सकिन्छ ।

लेट्स डेट

आफ्नो फेसबुक प्रोफाइलमार्फत ‘डेटर कार्ड’ बनाउन र अरु व्यक्तिहरूको डेटिङ कार्ड ब्राउज गर्न यसको प्रयोग गरिन्छ । आफूले अरूको र अरूले पनि आफ्नो ‘लेट्स डेट’ लाइक गरेपछि यसको संख्या बढ्दै जान्छ । यो भ्यालेन्टाइन डेका लागि सर्वाधिक राम्रो डेटिङ एप्स मानिन्छ ।

प्रोफ्लावर्स

भ्यालेन्टाइन डेमा फुल उपहार दिन सकिन्छ । यो कार्यमा प्रोफ्लावर्स एप्पले सहयोग पुर्‍याउँछ । गिफ्ट बास्केट, क्यान्डी र अन्य विभिन्न उपहारहरू प्रदान गर्न सकिन्छ । यसले यी सबै कार्यका लागि प्रेमीप्रेमिकाका लागि आवश्यक उपहार सर्च र ब्राउज गर्नसमेत सहयोग पुर्‍याउँछ । यो सबै प्रक्रियालाई स्टार्टदेखि फिनिससम्मको अर्डर प्रक्रियासमेत यसैमार्फत सम्पन्न गर्न सकिन्छ । यसमा यो विशेष दिनलाई स्पेसल डेका रूपमा सेभ गरेर समेत राख्न सकिन्छ, जसले गर्दा यो सधैंका लागि स्मरणीय दिनका रूपमा रहन सक्छ ।

ड्रिमरिङ

एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि उपलब्ध यो एप्समा ३५ विभिन्न प्रकारका रोमान्टिक रिङ टोन छन् । यिनलाई सुनेर कुन गीत मन पर्छ थाहा पाउन सकिन्छ । यसमा भएको प्ले बटन थिचेर आफ्नो स्मार्ट फोनमा भएका कन्ट्याक्ट लिस्टका आधारमा विभिन्न साथीका लागि फरक फरक प्रकारको रिङ टोन राख्न सकिन्छ । यसले गर्दा रिङ टोनकै आधारमा कसको फोन आयो भन्ने कुरा थाहा पाउन सकिन्छ ।

लाडिडा

भ्यालेन्टाइन डेकै अवसर पारी खुस नामक कम्पनीले १ दशमलव ९९ डलरमा किन्न सकिने नयाँ एप्स विकास गरेको छ । लाडिडा नामक यो एप्समा रिभर्स काराओके सफ्टवेयरको प्रयोग गरिएको छ । यसले कुनै पनि व्यक्तिको आवाज व्यवसायिक गायकको जस्तो बनाउन सहयोग पुर्‍याउँछ । प्रयोगकर्ताले स्मार्टफोनमा आफ्नो आवाजलाई रेकर्ड गर्छ र यो एप्लिकेसनले उसको स्वरलाई स्वचालित रूपमा संगीत भरी आवाजलाई मोडिफाई गरेर राम्रो स्वरमा प्रस्तुत गर्छ । यसमार्फत प्रेमी प्रेमिकाले आफ्नै स्वरमा प्रेम व्यक्त गर्न सक्छन् ।

भ्यालेन्टाइन रेडियो

त्यसैगरी अर्को प्रचलित एप्लिकेसन भ्यालेन्टाइन रेडियो हो । यसमार्फत ४० भन्दा बढी रोमान्टिक रेडियो स्टेसनमार्फत प्राप्त हुने लभ सङ सुन्न सकिन्छ । यसले गर्दा भ्यालेन्टाइन मुडलाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ । नेदरल्यान्ड, कोस्टारिका, इटाली, अमेरिका आदि देशमा प्रचलित विभिन्न प्रसिद्ध प्रेम गीत सुन्न यसको प्रयोग गर्न सकिन्छ । सर्वाधिक प्रचलित मानिएको एमटु नामक स्टेसन भने संगीतको राजधानी पेरिस सहरबाट प्रसारण हुन्छ ।

टपटेबल

आईफोनमै प्रयोग गर्न विभिन्न एप्लिकेसन पनि प्रचलित छन् । बेलायतमा अहिले टपटेबल नामक एप्स निकै लोकप्रिय भैरहेको छ । यसमार्फत बेलायतका ४ हजारभन्दा बढी रेस्टुराँका टेबुलहरू भ्यालेन्टाइन डेका लागि पहिले नै बुक गर्न सकिने व्यवस्था गरिएको थियो । ती रेस्टुराँले त्यस दिनका लागि ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेका थिए । यो क्रम प्रत्येक वर्ष जारी रहन्छ ।

बिकप्ली

बिकप्ली अर्को नि:शुल्क एप्स हो । यो एउटा लाइफस्टाइल एप्लिकेसन हो । यसले जोडीहरूको दैनिक जीवनलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउँछ । यसमार्फत विभिन्न मितिलाई योजनाबद्ध रूपमा प्रस्तुत गर्न सहयोग मिल्छ । यसमार्फत विभिन्न समयमा खिचिएका तस्बिरहरूलाई पनि मिलाएर राख्न र आफ्नो जोडीको स्मार्टफोनमा पठाउन सकिन्छ ।

फ्लिक्सटर

डेटिङमा चलचित्र हेर्न जान सकिन्छ । सबैले चर्चा गरिरहेका चलचित्रलाई कुनै ‘समवान स्पेसल’ सँग बसेर हेर्दा को नरमाउला ? यसका लागि फ्लिक्स्टर नामक एप्पले सघाउँछ । नजिकको सिनेमा हल र तिनमा चलिरहेका चलचित्रका बारेमा यसले जानकारी दिन्छ । फिल्ममा ट्याप गरेपछि यसले फिल्मको ट्रेलर, शो टाइम, रेट आदि जानकारी दिन्छ । सफारीमार्फत चलाउन सकिने यो एपले मुभीटिकेट्स डट कमको सहयोगले टिकट किन्नसमेत सहयोग पुर्‍याउँछ ।

No comments:

Post a Comment