फेसबुकमा अपराधको पासो

फेसबुकमा अपराधको पासो
‘युवतीलाई मायाजालमा पारेर करोडौं ठगी’, ‘पूर्वप्रेमिकाको अश्लील फोटो खिचेर ब्ल्याकमेलिङ’, ‘सामूहिक यौनसम्पर्क गर्न नमान्दा युवतीको हत्या’ । यसपालि यस्तै शीर्षकका समाचारले सनसनी मच्चाए । अनौठो त के भने ती सबै घटनाको मियो थियो– फेसबुक । यद्यपि गल्ती फेसबुकको थिएन । बरु, त्यसलाई गलत ढंग र कु–नियतले प्रयोग गर्नुको विरूप नतिजा थिए सहरी समाजमा घटेका ती आपराधिक घटना ।  सामाजिक सञ्जालले व्यापकता पाएसँगै कसरी युवाहरू यसको जालोमा जेलिँदै गएका छन् भन्ने कुराको एउटा दृष्टान्त पनि हो यो । सामाजिक सञ्जालको प्रयोगमा सावधानी नअपनाउँदा वा त्यसको सही प्रयोग विधि थाहा नहुँदा यो कति घातक र विषालु बन्छ ? उल्लेखित घटना तिनकै चोटिलो नमुना हुन सक्छन् ।  लाखौं नेपाली फेसबुकसँग जोडिएका छन् । एक अध्ययनअनुुसार प्रयोगकर्ताले एक दिनमा औसत ४६ मिनेट फेसबुकमा बिताउँछन् । उक्त अवधिमा उनीहरू के–के गर्छन् ? साथीसँग कुराकानी वा भावना मात्र सेयर गर्दैनन् । कतिपयले यसलाई ‘ठगिखाने भाँडो’ समेत बनाएका छन्, भने कतिले फेसबुकमै ‘अपराधको पासो’ बिच्छ्याएका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects