दाङ–जिल्ला प्रहरी कार्यालय दाङले विष्णु महराको हत्यामा संलग्न रहेको आरोपमा गाडि सहित १ जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरि हत्यामा संलग्न रहेको आरोपमा सौडियार गाविस ३ बस्ने हिमाल भन्ने खिमबहादुर डाँगी र बा९च २९३ नम्बरको टोईटा हालईलक्स गाडि सार्वजनिक गरेको हो ।
मालीकाकालीकाका घोराही बुकिङ काउण्टरका इन्चार्ज समेत रहेका डाँगीले महरासंग लिएको १५ लाख रुपैयाँ तिर्नु पर्ने भएपछि हत्या गरेको अनुसन्धानबाट खुल्न आएको दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले जानकारी दिएका छन् ।
लमही सामान पुर्याउनु छ भन्दै एक घण्टाको लागि मात्रै, भनेर घोराही नगरपालिका ११ बस्ने निर्माण व्यवसायी पदम शर्मा संग मागेर लगेका आरोपी डाँगीले भोलीपल्ट विहान साढे आठ बजे गाडि धनीलाई गाडि बुझाइदिएको प्रहरीले बताएको छ । केहिदिन प्रहरीको हिरासतमा बसेका गाडिधनी पदम शर्मालाई प्रहरीले तारेखमा छोडेको छ ।
घटना घटेको २४ घण्टा भित्र हत्या आरोपी डाँगी, र ४८ घण्टा भित्र गाडिलाई प्रहरीले निन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ परेका डाँगीमाथि कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाएको छ । आरोपी व्यक्ति विगत देखिनै अपराधिक गतिविधीमा संलग्न रहदै आएको प्रहरीले दाबी गरेको छ ।
रोल्पाको जेलवाङ गाविस १ घर भई हाल घोराही नगरपालिका ६ रझेना निवासी करिब ३८वर्षका विष्णुबहादुर महराको शब चैत्र १६ गते बिहान घोराही नगरपालीका ४ चौघेरा नजिकै डबरी भन्ने स्थानमा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न एक सय बढीलाई नियनत्रणमा लिएर अनुसन्धान गरेको थियो ।
No comments:
Post a Comment