यो सबै हाम्रा नेताहरूका कारण भएको हो । बनाउने उनीहरू नै हुन्, भत्काउने पनि उनीहरू नै हुन् ।
सुदर्शन नेपाल
काम गरेर खान नपाउने देश हो नेपाल । गलत धन्दा बढी चल्छ यहाँ । राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भन्ने देश हो । यहाँ कानुन चल्दैन । त्यसैले भनिएको हो कि ?
केशव धमला
नेपालमा कानुनको पालना भएको छैन । त्यसैले यो उखान चलेको हो ।
खड्ग रानामगर
पहुँचका आधारमा कानुन परिचालन भएकाले यस्तो भनाइ चलेको होला ।
चित्र थापा
लौ, त्यति पनि थाहा छैन ? चलिआएको उखान भएर भन्या नि ।
गोरखसिंह धामी
कानुन बनाउनेले नै कानुन मान्दैन भने यस्तो भनाइ आइहाल्छ नि ।
ठकुरी अनुप हमाल
कानुनका निर्माता अथवा मुलुकको शीर्ष पदमा रहेका नेतृत्वले नै पालना नगर्ने भएकाले यस्तो भनिएको हो ।
सोनाम शेर्पा थिम्मी
नेताहरू बेइमान भएर ।
सुरेश नेम्वाङ
किन नभनून् त ? ठूलालाई चैन सानालाई ऐन भएपछि भन्ने यही त हो ।
राजकुमार न्यौपाने
बिचरा दैव, नेपालीले के कानुन बनाउँछन् तिनलाई के थाहा ?
पुरु
किनभने नेपालको सिस्टम नेपालीलाई नै थाहा हँुदैन ।
विनायक अनाम भेखबहादुर
कानुन सबैका लागि बराबर छैन । ठूला र सानालाई फरक–फरक कानुन छ । त्यही भएरै दैवको भरमा छाडेको ।
प्राप्ति न्यौपाने
नेपालको कानुन बनाउनेलाई दैवले नि लान सकेका छैनन्, त्यही भएर ।
गुन्डे
किनभने नेपालको कानुन पैसा र पावरका अगाडि लाचार छ ।
बेनिन बिजे
नेपालमा चुनावमा हारेका नेता प्रधानमन्त्री र अर्थशास्त्रको ज्ञान नभएका मान्छे अर्थमन्त्री हुन्छन् । जो धेरै भ्रष्टाचारमा परेको हुन्छ उसैले चुनाव जित्छ ।
छिरिङ शेर्पा
ठूलालाई चैन सानालाई ऐन भएकाले ।
किरण घलान
यो कुरा त दैवसँगै सोध्नुपर्ला ।
अस्मिता माझी
कसले भनेको हो यो कुरा ? त्यही सोध्ने मानिससँगै उल्टै सोध्नुस् न ।
एसजी पवन
किनभने नेताहरूले देशलाई पेवा बनाइसके । देश नियम–कानुनमा चल्दैन । त्यही भएर होला ।
उमेश
ठूलालाई चैन, सानालाई ऐन भएर पो हो कि ?
विनोद कँडेल
अरू देशमा कानुन भनेपछि कुनै पनि तहको मानिसलाई लाग्छ । हाम्रो देशमा भने ठूलालाई चैन सानालाई ऐन छ अनि त्यसो नभनेर के भन्नु त ?
No comments:
Post a Comment