इक्वेडर – दशकौं पछि इक्वेडरमा आएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २४६ पुगेको छ भने १५ सयभन्दा बढी घाइते बनेका छन् । शनिबार राती देशको उत्तर–पश्चिम क्षेत्रमा रहेको तटिय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पपछि उद्दारका लागि १० हजार सेना तथा ३५ सय प्रहरी परिचालन गरिएको छ । उद्दार जारी राखिए पनि मर्नेको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
इक्वेडरका राष्ट्रपति राफायल राफायल कोरेयाले इटालीको भ्रमण छोट्याएर देश फर्किएका छन् भने भूकम्प प्रभावित राज्यमा संकटकालको घोषणा गरेका छन् ।
सन् १९७९ पछि इक्वेडरको सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पपछि १ सय ३० भन्दा बढी परकम्प गएको छ ।
अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र विन्दु १९.२ किलोमिटर तलमात्र रहेको थियो ।
त्यहाँको भूकम्प जापानमा शनिबार गएको भूकम्पभन्दा ६ गुणा बढी रहेको बताइएको छ ।
यता, जापानमा भने थप भूकम्प आउने भन्दै २ लाख ५ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
जापानको क्युसुमा आएका दुई ठूला भूकम्पमा ४२ जनाको निधन भइसकेको छ भने जापानको भूकम्प मापन केन्द्रले अझै भूकम्प आउने चेतावनी दिएको छ । भूकम्पमा परी १ हजारभन्दा बढी घाइते भएका छन् ।
No comments:
Post a Comment