Second Menu

०७३ सालमा तपाईंले के अपेक्षा गर्नुभएको छ

यो नयाँ वर्ष २०७३ ले सबै नेपालीको घर र जीवनमा सुनौलो बिहानी लिएर आओस् । देश सामान्य अवस्थातर्फ उन्मुख होस् र सारा नेपालीको मुहारमा उज्यालो देख्न पाउँ ।
देविका बन्दना, गायिका

सम्पूर्ण नेपालीको मुहारमा हासो देख्न पाऊँ, आउने साल अझै खुसीका साथ बितोस् ।
स्मृति पोखरेल, गायिका/मोडल

हामी नेपाली दाजुभाइ–दिदीबहिनी तथा सम्पूर्ण नेपालीको उज्वल भविष्यको कामना गर्दछु ।
अमित पोखरेल, अभिनेता

हामी नेपालीलाई खुसी मिलोस् । नाकाबन्दी र भूकम्पले दु:ख नदिओस् ।
वसन्त निरौला, निर्देशक

दैनिक गरिँदै आएको कामभन्दा केही नयाँ काम गर्न पाइयोस् । चलचित्रले दर्शकको साथ पाऊन् । देशमा अमनचयन कायम होस् ।
गम्भीर विष्ट, नृत्य निर्देशक

प्राकृतिक विपत्तिले फेरि दु:ख नदिओस् । देशका नेताहरूमा सकारात्मक सोच बढोस् र छिमेकीको नाकाबन्दीको मारमा पुन: पर्नु नपरोस् ।
परशुराम रिजाल, संगीतकर्मी 

०७३ साल भूकम्परहित बनोस् । भ्रष्टाचारी नेताको हातमा भन्दा पनि देशको भलो गर्ने नेताको हातमा सरकार होस् अनि सम्पूर्ण समस्या समाधान हुन् । ०७२ सालमा जस्तो कष्ट भोग्नु नपरोस्् ।
पवित्रा आचार्य, नायिका

देशले नयाँ गति लिनेछ तथा जनताले राहत पाउनेछन् भन्ने अपेक्षा लिएकी छु, तर राज्यले त्यसमा हैंसे नगरी सम्भव छैन ।
निश्मा घिमिरे, नायिका

आर्थिक समृद्धिको मात्र नारा लगाएर देशको विकास हुँदैन भन्ने चेतना नेताहरूमा आउँछ कि भन्ने अपेक्षा गरेको छु ।
ध्रुव लम्साल, लेखक/सञ्चारकर्मी

देश समृद्धितर्फ लम्कन्छ भन्ने अपेक्षा छ ।
प्रल्हाद बोगटी, संगीतकार

भुइँचालो नआइदिए हुन्थ्यो, नाकाबन्दी नभए हुन्थ्यो, नेताहरूलाई देशप्रतिको जिम्मेबारी बोध भए हुन्थ्यो ।
विल्सनविक्रम राई, हास्यकलाकार

०७३ मा देशमा शान्ति र विकास तथा समग्र चलचित्र क्षेत्रका बारेमा राम्रो मात्र सुन्न अनि हेर्न पाइयोस् ।
नीता ढुंगाना, नायिका

मैले देश हाँक्ने नेताहरूबाट यो वर्ष पनि कुनै अपेक्षा राखेको छैन तर मेरा आफ्नै केही नराम्रा बानी सुधार गर्दैछु, किनभने सुधार आफैंबाट थालनी गर्नुपर्छ ।
आमेश भण्डारी, नायक

राम्रो काम, असल मित्र, अग्रजहरूको आशीर्वाद एवं दर्शकहरूबाट मायाको अपेक्षा गरेकी छु ।
अशिष्मा नकर्मी, नायिका

०७२ मा भएको क्षतिले लागेको घाउमा ०७३ मल्हम बनेर आउनेछ भन्ने अपेक्षा छ, अनि ममा चाहिँ‘मोक्ष’पछि अर्को चलचित्र बनाउने जाँगर पलाउन सक्छ ।
प्रवीण श्रेष्ठ, निर्देशक/सम्पादक

०७२ सालमा भएका गल्ती–कमजोरीहरूलाई हटाएर नेपाली राजनीति अघि बढोस्, जसले गर्दा नेपालको विकास सहज होस् ।
अर्जुन तिवारी, छायाँकार

धेरै व्यापार, धेरै आम्दानी र धेरै साथीको अपेक्षा छ ।

No comments:

Post a Comment