Second Menu

मैले हँसाएको पारिश्रमिक पाउँछु - जितु नेपाल ‘मुन्द्रे’

जितु नेपाल ‘मुन्द्रे’

तपाईंको मुन्द्राको मूल्य कति हो ?
नीरज लुइँटेल

मेरो यो मुन्द्रा अमूल्य छ । यसको कुनै मोल छैन । समयअनुसार मोल परिवर्तन भैरहन्छ ।

म हेन्डसम कि तपाईं मुन्द्रे दाइ ?
बुद्ध पंङ्स
तपाईंले हेर्दा म हेन्डसम, मैले हेर्दा तपाईं हेन्डसम । हामी दुवै जना हेन्डसम ।

नेपालमा किन एकपछि अर्को गरी हास्य टेलिश्रृंखला बन्द भएको होला ?
किसन राना
देश, काल, परिस्थिति अनि टेलिभिजन र एजेन्सीहरूबीचको असमmभदारीका कारण ।

तपाईं ठूलो हास्यकलाकार कि केपी ओलीज्यू ?
प्रज्वल
उहाँले हँसाएको पारिश्रमिक पाउनु हुन्न, मैले हँसाएको पारिश्रमिक पाउँछु । उहाँ सौखले हँसाउनुहुन्छ, म बाध्यताले हँसाउँछु, किनभने हँसाउनु मेरो पेसा हो, उहाँको होइन ।

तपाईं युवा पुस्तामा पपुलर हो कि फिल्म क्षेत्रमा ?
विदुर नेपाल
म कहाँ पपुलर छु भन्ने कुरा मैले भन्ने कुरा होइन, म त आफ्नो काम निरन्तर गरिरहेको छु ।

तपाईं दुनियाँलाई हँसाउन माहिर हुनुहुन्छ तर तपाईं आफ्नो जीवनमा कत्तिको खुसी हुनुुहुन्छ ?
एकदम खुसी छु । दु:खी हुने कुनै कारण पनि छैन ।

मुन्द्रे दाइ, खलासी भनेको के हो ?
उमेश खत्री
खलासी भनेको गाडीमा काम गर्ने मजदुर हो । खलासी गुरुजीको सहायक पनि हो ।

No comments:

Post a Comment