Second Menu

आज प्रदर्शित हुने चलचित्र रोल्पा रोग

माओवादीको सशस्त्र जनयुद्ध आरम्भ भएको थलो रोल्पाका एक युवकको कथा र व्यथामा आधारित चलचित्र रोल्पा रोग आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

गोपीकृष्ण टिभीफिल्मीका कार्यक्रम सञ्चालक शिशिर भण्डारी चलचित्र रोल्पा रोगका नायक हुन् । ‘सक्छस् देश जोगा, सक्दैनस् ज्यान जोगा’ नारालाई चलचित्रको प्रचार सामाग्रीमा राखिएको छ । यो चलचित्रले ग्रामीण भेकमा बस्ने युवाहरूको भोगाइ र संघर्षको कथालाई उठान गरेको छ । चलचित्रभित्र नेकपा माओवादीलाई गाली गरेको भन्दै सेन्सरले यसलाई पिजी सर्टिफिकेट दिएको बताइन्छ । दीपक ओलीको यो पहिलो निर्देशकीय चलचित्र हो । रोल्पामै छायांकन गरिएको चलचित्र रोल्पा रोगका छायाँकार नवराज उप्रेती तथा निश्चल पौडेल हुन् । यसमा अशोक बिकेको नृत्य निर्देशन छ ।

निर्देशक : दीपक ओली
संगीतकार : गोविन्द मधुर आचार्य र शिशिर भण्डारी
कलाकार : शिशिर भण्डारी, कुलदीप अधिकारी, जनक थापा, सुशील पोखरेल, विनु खड्का आदि ।

No comments:

Post a Comment