Second Menu

एनि लामा भइन् मिस पिंक

होमोफोयिबा तथा ट्रान्सफोयिबा (समलिंगी आचरण र लैंगिक भेद खोल्न नसक्ने) विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा मिस पिंक सम्पन्ना भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकहरूबीच सञ्चालित उक्त प्रतिस्पर्धामा एनि लामाले उपाधि जितेकी छिन् । नायिका रेखा थापा, शुभेच्छा खड्का, सिर्जना सिंह योञ्जन, इभाना मानन्धर, राजेन्द्र थापा आदि निर्णायकले आकांक्षा तिमिल्सिनालाई फस्ट रनर्सअप तथा पल्लबी शर्मालाई सेकेन्ड रनर्सअप घोषणा गरेका थिए ।
क्रुसेड नेपालले आयोजना गरेको उक्त प्रतियोगितालाई प्रोजेक्ट वान डिभा, यूएनडीपी तथा ब्लू डायमन्ड सोसाइटीले सहयोग गरेका थिए । यो प्रतियोगिताको विशेषता सहभागी पुरुषहरू महिला स्वभावको हुनु पनि हो, जसले फरक लैगिंकता र उनीहरूको समस्या उजागर गरेको थियो ।

No comments:

Post a Comment