- रामप्रसाद सिटौला (फलित ज्योतिष)
मेष
प्रयत्न गर्दा नयाँ काम प्राप्त हुनसक्छ । कर्मचारीवर्गका निम्ति अनुकूल स्थानान्तरणको योग छ । प्रेमसम्बन्ध वैवाहिक सम्बन्धमा रूपान्तरित हुँदै गएको अवस्था छ । मन लोभिने बहुमूल्य सामग्री खरिद हुने सम्भावना देखिन्छ । प्रवासमा रहनेहरूका निम्ति समय अनुकूल रहनेछ ।
वृष
आफन्तजनबाट टाढिनुपर्ने परिस्थिति आइलागे पनि अन्तत: त्यसबाट फाइदा नै हुनेछ । परोपकार तथा सामाजिक कार्यमा रुचि जाग्नेछ । मन मिल्ने पात्रको आगमनले कार्यक्षेत्रमा थप ऊर्जा प्रदान गर्नेछ । साताको उत्तराद्र्धमा बहुमूल्य धातु खरिद गर्न मन आकर्षित हुनेछ ।
मिथुन
विदेश जान लामो समय कुर्नुपर्ने छैन । व्यवहारमा देखा पर्ने आर्थिक हैरानीबाट मुक्त हुन ठूलाबडाको सल्लाह लिनुहोला । कार्य व्यस्तताले स्वास्थ्यमा गडबडी उत्पन्न गर्न सक्छ, हेलचेक्र्याइँ नगर्नुहोला । साताको अन्त्यमा घरायसी सर–सामग्रीको जोहोमा समय खर्चिनुपर्नेछ ।
कर्कट
विभिन्न खालका अवसरले पिछा गरेको अवस्था छ, जसलाई आफूअनुकूल तुल्याउन बोलीमा मधुरता आवश्यक छ । विपक्षीको टाउको उठाउने प्रयासलाई निस्तेज तुल्याउन प्रशस्त प्रयास गर्नुपर्नेछ । बुधबारपछिका दिनहरूमा सुखद समाचार प्राप्त भै मन आनन्दित हुनेछ ।
सिंह
अभिभावकहरूले दिएको सुझाव मनन गरी चल्न सके आफैंलाई फाइदा हुनेछ । विपक्षीहरू प्रतिष्ठामा ठेस पुर्याउन गुप्त रूपमा सलबलाउनेछन् । सूर्यको आराधनाले विशेष फाइदा पुग्न सक्छ । केही समय रोकिएर धैर्यपूर्वक गरिएको कार्यले उचाइमा पुर्याउन सक्छ । हतारले दुर्घटना निम्तिन सक्छ, विवेक पुर्याउनुहोला ।
कन्या
उच्च शिक्षाका निम्ति रोजिएको विषयमा अवसर प्राप्त गर्न केही समय कुर्नुपर्नेछ । नयाँ परिचित साथीबाट अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । मित्रहरूले तपाईंको योजनालाई सहजै स्वीकार गर्दा आर्थिक संकटबाट मुक्ति मिल्नेछ । यात्रा तथा मनोरञ्जनका क्रममा अनावश्यक खर्चले तनाव सिर्जना गर्न सक्छ ।
तुला
डाहा गर्नेहरूले आफ्ना हितैषी मित्रहरूसँग फाटो ल्याउने षड्यन्त्र गर्न सक्छन्, सचेत रहनुहोला । आफ्नो हैसियत बिर्सिएर अर्काको देखासिकी गरी खर्च गर्दा आर्थिक क्षति भै पारिवारीक गुनासो बढ्न सक्छ । घर–व्यवहारलाई सन्तुलनमा ल्याउन प्रयास गर्नुहोला । सेतो रंगको प्रयोगले अपेक्षा गरेभन्दा बढी फाइदा दिलाउँदै थप ऊर्जा प्रदान गर्नेछ ।
वृश्चिक
छोटो समयमै घनिष्ठ हुन खोज्नेहरूबाट टाढै रहनुहोला । गफगाफ तथा मनोरञ्जनका क्रममा परिचित मित्रसँग आर्थिक कारोबार नगर्नु मै आफ्नो भलो छ । भविष्यका निम्ति दिगो जग बसाउने अवसर प्राप्त हुनेछ, जसलाई वेवास्ता गरियो भने आर्थिक संकट समेत देखा पर्न सक्छ ।
धनु
फरक ढंगको जीवनशैली अवलम्बन गर्न सके सामाजिक हैसियत थप उचाइमा पुग्नेछ । सुझाव दिँदै सहयोग गर्ने साथीहरू प्रशस्त भेटिनेछन्, सबै मित्रको विश्वास नगर्नुहोला । अभिभावकहरू तपाईंको करियर बनाउन दत्तचित्त भै लागेको अवस्था छ । बाहिरी घुमघाम तथा आहारविहारमा संयम अपनाए प्रतिष्ठा जोगिनेछ ।
मकर
मनग्य लगानी गरी थालिएको कामले उल्टो परिणाम दिँदा निराश उत्पन्न हुन सक्छ । अचानक प्रेमप्रस्ताव प्राप्त हुनेछ । परिस्थितिअनुकूल निर्णय गर्नुहोला । केही समयको अन्तरालमा साथीहरूसँग भेटघट भै मनोरञ्जनमा सहभागी हँुदा समय तथा स्वास्थ्यको ख्याल राख्नुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्याले पिरोल्न सक्छ ।
कुम्भ
फरक आत्माबीचको सम्बन्ध सुखद रूपमा अघि बढिरहेको अवस्था छ । उक्त सम्बन्धलाई जोगाउन गोपनियतामा ध्यान पुर्याउनुहोला । नौलो किसिमको अवसर हात पार्न त्यति मेहनत गरिरहनुपर्नेछैन । विलासीपन तथा जीवनचर्यामा भने सचेतता अपनाउनुपर्नेछ । साताको अन्त्यमा भ्रमण एवं मनोरञ्जनको योग छ ।
मीन
झिना–मसिना प्रविधिक कारणले रोकिएका कामहरू स्वत: अघि बढ्नेछन् । आफूलाई भित्रभित्रै मन पराउनेले भावना व्यक्त गर्ने सम्भावना छ । तपाईंको व्यक्तित्व तथा उन्नति देख्नेहरू लोभिनेछन् । विलासी तथा महँगा सामग्री खरिद गर्दा होस पुर्याउनुहोला ।



0 comments:
Post a Comment