Second Menu

ज्योतीको साथमा बले र कक्रोजले युकेमा ‘बबाल धमाका’ गर्ने

काठमाडौं–जेठ १९ गते अर्थात भोली हाँस्य टेलिश्रृंखला भद्रगोलका सागर लम्साल (बले), हरि निरौला (कक्रोज) र ज्योती मगर युके जाँदै छन् । युकेको विभिन्न ठाउँमा हुने कार्यक्रममा उनीहरु ‘बबाल धमाका’ नामक कार्यक्रममा सहभागी हुन युके जान लागेका हुन् ।

सपन इन्टरटेनमेन्टको प्रस्तुतमिा जुन ४ मा एम्पाएर हल अल्डरसर्ट, जुन ११ मा हकिंग क्म्युनिटी सेन्टर र जुन १९ मा एसियन कम्युनिटी हल प्ल्म स्टेटमा कार्यक्रम हुने आयोजकले जनाएको छ । ‘कार्यक्रममा बले, कक्रोज र ज्योतीले आ–आफ्नो प्रस्तुती देखाउनेछन्,’ कार्यक्रमका संयोजक सपन कुमार राईले बताए ।

युकेमा रहेका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले राखिएको कार्यक्रममा दर्शकको उपस्थिति उल्लेखनीय रुपमा हुने पनि राइले बताए ।

३ दिनको कार्यक्रमको लागि २० दिनसम्म युकेमा रहनेछन् । उनीहरु २२ जुनमा नेपाल फर्कने छन् ।

बले र कक्रोज र ज्योतीले नेपालबाटै अहिले युकेमा रहनुभएका नेपाली दर्शकहरु सामु आफ्नो प्रस्तुती देखाउँन पाउँदा खुसी लागेको र सम्पुर्ण दर्शकलाई कार्यक्रममा आउन समेत आग्रह गरेका छन् ।

No comments:

Post a Comment