Second Menu

जियोनीको एम फाइभ प्लस

जियोनीले चाँडै नै म्याराथन एम फाइभ प्लस नेपालमा ल्याउने भएको छ । यो फोन जियोनीको ठूलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ संस्करण हो ।

एम फाइभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडीमा ६ इन्चको फुल एच डि अमोलेड स्क्रिन छ । यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथै १.३ गिगाहर्जको ओक्टा–कोर प्रोसेसर छ ।

म्याराथन एम फाइभ प्लसको प्रमुख हाइलाइट भने यसमा रहेको ५०२० एम ए एच क्षमताको अत्यन्त ठूलो ब्याट्री हो, जुन बजारमा उपलब्ध औसत फोनको भन्दा डबल छ । यसको डुअल चार्जिङ चिप्सले छिटो चार्ज गर्न सहायता गर्छ । ३ जीबी (याम, इन्टरनल स्टोरेज ६४ जीबी र पछिल्लो टाइप सी यूएसबी पोर्ट, फोनको अर्को विशिष्ट विशेषता हो । यो फोनमा मेमोरी कार्डको माध्यमबाट अझ १ सय २८ जीबी थप्न सकिन्छ । यसमा अधिकतम सुरक्षाका लागि फिङ्गर प्रिन्ट स्क्यानर पनि राखिएको छ्र । यो फोन ‘स्याम्पेन गोल्डेन’ रंगमा उपलब्ध हुनेछ ।

No comments:

Post a Comment