Second Menu

प्रगतिलाई मिस बीबीएको उपाधि

बीबीए अध्ययनरत युवतीहरूमा लक्षित मिस बीबीएको पहिलो संस्करण सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न यो प्रतियोगितामा प्रगति श्रेष्ठले मुख्य उपाधि हात पारिन् । उनले बेस्ट स्माइलको उपाधिमा पनि आफ्नो नाम दर्ता गरिन् । यसैगरी प्रतियोगितामा आश्ना श्रेष्ठ फस्ट रनर्सअप तथा बिनी निरी महर्जन सेकेन्ड रनर्सअप छानिए । आश्ना मिस पर्सनालिटी तथा बिनी मिस रकिङ एवं मिस इन्टिेलिजेन्टको एवार्डको पनि हकदार भए ।

बज मिडिया एन्ड इभेन्ट्सको आयोजनामा सम्पन्न यो प्रतियोगितामा समीक्षा मल्ल वेष्ट ड्रेस कर्पोरेट, खिमा बुढा पपुलर र फ्रेन्ड्ली आस्था श्रेष्ठ क्याटवाक, प्रतिक्षा शर्मा फोटोजेनिक तथा अप्सरा न्यौपाने पब्लिक च्वाइस एवार्डका विजेता घोषित भए । यो प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन् ।

No comments:

Post a Comment