कार्यालयमा लामो समय व्यतीत गर्दा व्यायाम गर्ने अतिरिक्त समय नहुनसक्छ, त्यसैले कार्यालयमै यस्तो व्यवस्था मिलाउनुपर्छ जसले शारीरिक रूपमा पनि सक्रिय रहन सकियोस् ।
कार्यालयमा एकै स्थानमा बसिरहनुभन्दा उठ्ने, सानोतिनो काम गर्ने, तन्कने, हल्का व्यायाम गर्ने गर्नेजस्ता काम गर्नुपर्छ ।
आफ्नो गाडीलाई कार्यालयभन्दा केही टाढा पार्क गरी कार्यालयसम्म पैदल हिँड्न सकिन्छ ।
कार्यालयमा लिफ्टको स्थानमा सिंढी चढ्नु स्वास्थ्यका दृष्टिले लाभदायक हुन्छ ।
एउटै पोजिसनमा लामो समय बसिरहनुभन्दा वाहिर बगैंचा वा कतै टहल्नु उपयुक्त हुन्छ ।
लामो समय बसिरहनुभन्दा उठेर काम गर्ने अभ्यास गर्न सकिन्छ ।
कार्यालयमा काम गर्दा पर्याप्त मात्रामा पानी पिइरहनुपर्छ ।
No comments:
Post a Comment