Second Menu

छायाँकन अघि नै लुट–२को टिजर रिलिज

काठमाडौं – लामो समयको पर्खाइ पछि उही निर्देशक, उही निर्माता, अनि उही टिमको लूट २ को आज एक कार्यक्रमका साथ टिजर रिलिज भएको छ । व्लकबस्टर फिल्म ‘लुट’ को सिक्वेलको छायाँकन पहिले नै टिजर सार्वजनिक गरिएको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘लुट २’ को टिजर सार्वजनिक गरेको हो ।

फिल्मलाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् भने निर्मातामा पनि माधव वाग्ले र नरेन्द्र महर्जन छन् ।

त्यसो त पछिल्लो समय वाग्ले र महर्जनको सम्बन्धमा दरार आएको गसिपलाई पनि ‘लुट–२’ ले क्लियर गरिदिएको छ ।

अधिकांश कलाकार पनि फिल्ममा लुटु नै दोहोरिने पक्का छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायत अभिनयमा हुनेछन् ।

कार्यक्रममा बोल्दै निर्देशक निश्चलले फिल्मको कथा २०१२ मा प्रदर्शनमा आएको ‘लुट’ को भन्दा फरक रहने र फिल्ममा वर्तमान सामाजिक परिवेश समेटिने बताए ।‘फिल्मले लुटले छाडेको कथालाई निरन्तरता दिनेछ सँगसँगै पछिल्लो समय जनताहरु मारमा परेको भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि फिल्मले पर्दाफास गर्नेछ, निश्चलले भने । फिल्म यो हप्ता नै फ्लोरमा जाने र यो बर्षकै फागुनमा रिलिज गरिने समेत घोषणा गरिएको छ ।

No comments:

Post a Comment