Second Menu

नयाँशक्ति पार्टी घोषणा आज, कार्यक्रमको संचालन करिष्माले गर्ने


काठमाडौंँ–पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आज एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ । यो कार्यक्रमको अध्यक्षता भट्टराई आफैले गर्नेछन् भने उद्घोषण करिष्मा मानन्धर र पासाङ शेर्पाले गर्दैछन् । स्वागत मन्तव्य रामचन्द्र झाले दिनेछन् ।

कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रङ्गाशालामा प्रवेश गरिसक्नेछन् । जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस भनी पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गरिने बताइएको छ ।

आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले बताए । बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ ।

पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ । घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आएका छन् ।

प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ । ‘प्रदर्शनमा आउनेमध्ये एकहजार ५०० प्रतिनिधिलाई बिर¥यानी खुवाउने नयाँशैली अपनाइने सो पार्टीले जनाएको छ ।

‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने तयारी सो पार्टीले गरेको छ ।

No comments:

Post a Comment