काठमाडौं – राजधानीको कुलेश्वरको मानववस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिइएको छ । बिहान सवेरै देखिएको चितुवालाई दिउँसो साढे १२ तिर नियन्त्रणमा लिइएको हो ।
सदर चिँडियाखाना र निकुन्ज विभागका कर्मचारीको टोलीले चितुवालाई लामो प्रयासपछि नियन्त्रणमा लिन सफल भए । बेहोस् बनाउने सुई हानेर चितुवालाई नियन्त्रणमा लिइएको थियो ।
चितुवालाई सदर चिडिया खाना जावलाखेल ल्याइएको छ ।
घरमा चितुवा भेटिएपछि स्थानीयहरु त्रसित बनेका थिए । धेरैजना घरको बरण्डा र क्षतमा बसेर चितुवा नियन्त्रणको प्रयासलाई हेरेका थिए ।















0 comments:
Post a Comment