काठमाडौं – नेपाली बजारमा आइतवार सुनको भाउ प्रतितोला थप २ सय रुपैयाँ महंगो भएको छ ।
आइतवार छापावाल सुनको मुल्य ५६ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ५५ हजार ८ ५० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार असली चाँदी प्रतितोला ७ सय ९० रुपैयाँ पुगेको छ ।
गत साताको शुक्रवार छापावाल सुन प्रतितोला ५५ हजार ९ सय, तेजावी ५५ हजार ६ सय ५० र चाँदी ७ सय ८५ रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजार मुल्यमा आएको वृद्धिसंगै नेपाली बजारमा पनि गत विहीबारदेखि लगातार सुनको मुल्य वढ्दै गएको हो ।
बिहीवार प्रतितोला ४ सय रुपैयाँ बढेको सुन शुक्रवार ३ सय र आइतबार २ सय रुपैयाँ प्रतितोला बढेको हो ।
No comments:
Post a Comment