Ncell to Ncell Free Call

आजको राशिफल

पूर्वमा बाढीको कहर : बुढी खोलाको कटानले १० घर बगायो, २० घर जोखिममा (हेहेर्नुहोस् तस्विर

 सुनसरी – सुनसरीको दुहबी भलुवा नगरपालिकास्थित बुढी खोलामा आएको बाढीले खोला आसपासका करिब २० घर जोखिममा परेको छ । लगातार परेको अबिरल बर्षाका कारण बुढी खोलामा बढीको सतह बढेपछि दुहबी ७ स्थित डोमराही बस्तीका घर जोखिममा परेको हो । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । २० घरका ३८ परिवार बस्तीको छेउमै अस्थाई रुपमा पालमा बस्न बाध्य छन् ।

अहिलेसम्म १० घर बुढी खोलाको बाढीले कटान गरी बगाइसकेको छ । घर बगाएका पिडितहरु १५ दिन देखी आफन्त तथा छिमेकीको शरणमा बस्न बाध्य छन् ।


यस्तै दुहबी भलुवा जोडने पक्की सडक पनि जोखिममा परेको छ । सडकको ७ मिटर सम्म कटान भएको हो । अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बाढीले भत्काइएका घरका संरचना निकाल्ने र कटान नियन्त्रणमा खटिएका छन । साथै थप कटान हुन नदिन दुहबी भलुवा नगरपालिकाको पहलमा एस्काभेटर प्रयोग गरि कटान नियन्त्रणको प्रयास शुरु भएको छ ।

बुढी खोलाको दक्षिण भागमा बाढीको निकास नहुँदा बस्तीतर्फ धेरै कटान भएको स्थानिय मुन्ना हलुवाईले बताए । नम्बरी जग्गा रहेका कारण व्यक्तिले बाँध लगाएपछि बाढीले बस्ती र सडक तिर कटान शुरु गरेको हलुवाईको भनाई छ ।


यता स्थानियले कटान नियन्त्रणमा नगरपालिका र जिल्ला दैवी प्रकोप उद्धार समितिले समयमै चासो नदिएको प्रति आक्रोश व्यक्त गरे । कटानबाट घर गुमाएका पिडितहरु अरुको शरणमा बस्न बाध्य हँुदा सम्म प्रशासनले उनीहरुको व्यवस्थापनमा ध्यान नदिएको स्थानिय राहुल रौनियारले बताए ।


३१ गते देखि निरन्तर रुपमा बुढी खोलामा बढी आएपछि थप कटानको जोखिम हँुदा अन्य बस्तीका स्थानियहरु पनि चैनसँग रात बिताउन सकेका छैनन् । बाढीले घर बगाएका पिडितहरु अझै पनि पालको भरमा खुल्ला आकाशमा बस्न बाध्य छन् । निरन्तर परिरहेको बर्षाले पीडितहरुको समस्या झन् बढाएको छ ।

जेनिशालाई ‘एक पल’को प्रतिक्षा, प्रेम र एक्सनको मिश्रण



साउन २१ गते ३ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । त्यसमध्ये एक हो, चलचित्र ‘एक पल’ । यो चलचित्रलाई राज शाक्यले सम्पादन तथा निर्देशन गरेका हुन् ।

वैशाखदेखि असारको अन्त्यसम्म नेपाली चलचित्रको बजार हेर्ने हो भने, निकै कमजोर छ । अहिलेसम्म जम्मा २ वटा चलचित्रले मात्र लगानी उठाएका छन् । अरु सबै चलचित्रले निर्मातालाई घाटाको व्यापार दिएका छन् ।

साउन २१ गते रिलिज हुने चलचित्र ‘एक पल’ले व्यापार गतिलो गरेको अवस्थामा यसका कलाकारलाई फाइदा हुनेछ । निरन्तर असफल चलचित्र दिएर चर्चाविहिन बनेकी नायिका जेनिशा केसीलाई यो चलचित्रले राहत दिनसक्छ ।

राम महर्जन, जेनिशा केसी, आकाश जंग शाहको मुख्य भूमिका रहेको यो चलचित्रका निर्माता आरएल महर्जन हुन् । नेपाली चलचित्र एक अर्कासँग जुध्नु त कुनै नौलो कुरा होइन । अन्य २ चलचित्रसँग भिडन्त गर्न तम्तयार भएको चलचित्र ‘एक पल’ले दर्शक हलसम्म तान्ने मुख्य बाटो यसको एक्सन र गीतसंगीत हो ।

लुट-२ र पुरानो डुङ्गा अष्ट्रेलियामा पनि प्रदर्शन हुने राजन घिमिरे


  अष्ट्रेलिया यतिबेला नेपाली चलचित्रका लागि सुरक्षित र भरपर्दो बजारका रूपमा स्थापित हुनथालेको छ । नेपाली चलचित्रको प्रर्दशनका लागि अष्ट्रेलिया आर्कषक मुलुक बनेको छ छ ।

चलचित्र निर्माताहरूले पनि आर्थिक रूपमा राहतको महशुष गर्न पाएका छन भने अर्को तर्फ अष्ट्रेलियामा रहेका नेपालीहरूले पनि नयाँ–नयाँ चलचित्रहरू हेर्ने अबसर पाइरहेका छन् ।

 नेपालमा चलचित्रको चर्चाको आधारमा अष्ट्रेलियामा चलचित्रहरू बिक्ने गर्छ । यसै क्रममा अष्ट्रेलियामा स्तरिए र हिट चलचित्रहरूको बजार ब्यबस्थापन गर्दै आएका ईपि माईग्रेसन र हो र होईन होला ईभेन्टसले एक साथ राम्रै मुल्यमा दुई चलचित्र पुरानो डुगां र लुट -२ को अष्ट्रेलिया अधिकार खरिद गरेको छ ।

‘हामीलाई बिश्वास छ कि यी दुई चलचित्रले अष्ट्रेलियामा नयाँ रेकर्ड बनाउने छन् । ‘ईपि माइग्रेसनका खिलेन्द्र तिम्सिनाले बताए । यसैगरी अगस्ट ७  का दिन यी दुई चलचित्रको प्रचार प्रसारका लागि सिड्नीमा साथीको साथमा नामक डान्स पार्टीको आयोजना गरिएको जानकारी हो र होइन होलाका रोशन भट्टराईले दिए । चलचित्र लुट -२ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने पुरानो डुगांमा रामबाबू गुरूंगको निर्देशन रहेको छ ।

‘बंगाली’ फिल्मको आइटम नृत्यका लागि राखी सावन्त काठमाण्डौमा



बलिउडकी आइटम गल राखी सावन्त अहिले नेपालमा छिन् । उनी अहिले एक बंगाली चलचित्रको आइटम गीत छायांकनका लागि नेपाल आएकी हुन् । ‘आमी तोमार होती शाही’ नामक बंगाली चलचित्रको छायांकनका लागि राखी नेपाल आएकी हुन् । यो चलचित्रमा उनको आइटम नृत्य मात्र छ ।

आइटम नृत्यका लागि अहिले सेट लगाएर छायांकन भैरहेको छ । भारतमा सुटिङ गर्दा महंगो पर्ने र बंगालादेशमा छायांकन गर्नका लागि गतिलो लोकेशन नभएकाले चलचित्रको टिम नेपाल आएको हो ।

अहिले नेपाली र बंगाली गरि करिब १०० जनाको टिमले काम गरिरहेको छ । राखीको श्रृङ्गार टिम भन्दा अन्य सबै नेपाली नै छन् । राखीसागै नृत्य गरिरहेका कोरसहरु नेपाली हुन् । डिस्कोका फिलरदेखि अन्य प्राविधिक पनि नेपाली नै छन् । यो आइटम गीत सकेपछि यसको टिम अन्य गीत खिच्नका लागि मुस्ताङ जाने वुझिएको छ । राखी भने आइटम नृत्य सकेर भोली २ बजे मुम्बई र्फकनेछिन् ।



नेपालका प्राविधिकहरु अहिले यो चलचित्रको छायांकनमा सक्रिय छन् । राखी भोली मुम्बई र्फकने वुझिएको छ ।

वाइवाको ‘टेस्टी टेस्टी, दर चाहियो’ तीज गीत बजारमा


काठमाडौँ– मोडल तथा गायिका हिरामाया वाइवाको ‘टेस्टी टेस्टी दर चाहियो’ तिजको गिती एल्बम नेपाली बजारमा आएको छ ।

यसअघि हेर न गाँउ सहर लौ आइसक्यो खुशीको लहर, आगानैभरी सयपत्री फुल (सेलो), पल्कियो केटो पल्कियो र विभिन्न तिज गीतलगायत आधा दर्जन गीति एल्बममा स्वर तथा मोडल गरिसकेकी वाइवाले पछिल्लो समय तिजको गित बजारमा ल्याएकी हुन् ।

विसं २०६७ सालदेखि उनी संगित क्षेत्रमा प्रवेश गरेकी हुन् । बच्चादेखि नै संगीत क्षेत्रमा सोख भएको बताउने वाइवा इच्छा र आएको अवसरलाई प्रयोग गर्नका लागि यस क्षेत्रमा प्रवेश गरेको बताउछिन् ।

उनी भन्छिन् , “मलाई पैसा कमाउनुभन्दा पनि इज्जत कमाउन यो क्षेत्रलाई उपयोग गरिरहेको छु पक्कै सफल हुन्छु भन्ने विश्वास छ ।”

अमेषसँग ‘ब्रेकअप’ गरेकी नितालाई फकाउँदै अनिल



 काठमाडौं । प्रेमी अमेश भन्डारीसँग ब्रेकअप गरेकी छिन् नायिका निता ढुंगानाले । निता र अमेषको ब्रेकअपको कारण पनि हुनसक्छ । मोडल अनिल थापा निता ढुंगानालाई फकाउन ब्यस्त छन् अहिले । अमेषसँग रियल लाईफमै ब्रेकअप गरेकि नितालाई अनिले फकाउने काम भने रिललाईफमा सिमित गरेका छन् ।

उद्दिपध्वज थापाको ‘झम्के माया’ बोलको गीतमा मोडल अनिल थापा र नायिका निताले अभिनय गरेका छन् । जसमा अनिलले नितालाई बिभिन्न उपाय लगाई फकाउने प्रयासहरु गरेको देख्न सकिन्छ । निता अनिलसंग फकिन्छिन् फकिन्नन् त्यो भने अहिल्यै भन्न सकिन्न ।

भिडियोमा होली पर्व, मेला तथा तिहारको दृश्यलाई कलात्मक तरिकाले देखाईएको छ । दिपेन्ऽ केसी निर्देशित भिडियोमा प्रेम, छेड छाड, रोमान्स अनि रिसाएकी आˆनी प्रेमिकालाई फकाउन गरिने अनेकन प्रयासलाई आकर्षक ढंगबाट प्रस्तुत गर्न खोजिएको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीत छ रहेको छ ।

पशुपतिसँग बाजी ठाक्ने देविका सन्दिपलाई सारी किनाउँदै

मैले राम्रो नाँच्ने कि, तिम्ले राम्रो नाँच्ने


 बाजी ठोकम् आउ झिल्के बाजी ठोकम आउ

मैले जिते घर ज्वाई बस, तिम्ले जिते लैजाउ…

अहिले पनि हरेक तीजमा चर्चा हुन्छ यो गीतको । पशुपति शर्मा र देविका केसीको स्वर रहेको उक्त गीत दर्शकले धेरै मन पराएको तीज गीत मध्येमा पर्छ ।

त्यसो त देविका स्वयं भन्छिन् ‘पशुपति शर्मासंग बाजी ठोकेपछि तीजमा मेरो गीतको चर्चा सुरु भयो’ लोक गायनमा राम्रै जस पाएकी देविका अहिले तीज केन्दि्रत गीतमा पनि चर्चामा रहेकी गायिका मानिन्छिन् ।

पछिल्लो केहि वर्ष यता हरेक वर्ष तीज केन्दि्रत गीत लिएर आएकी देविकाले यसपाली ‘मेरो मुटुमा केन्द्रबिन्दु पारी’ बोलको गीत गाएकी छिन् ।

गायक सन्दीप न्यौपाने र देविकाको स्वर रहेको उक्त गीतले पर्वको बहानामा फजुल गर्नेहरुलाई सचेत गराएको छ । दुई वर्षदेखि सन्दिपसंग गाउदै आएकी देबिका सन्दिपको स्वर र बानी ब्यहोराको प्रसंसा गर्छिन् । ‘यो मेरो माई डियर भाई स्वर पनि मिठो छ’ देविकाले भनिन् ।

त्यसो त सन्दिपलाइ पनि देविकासंग गाउदा रमाइलो लागेको छ । सन्दिप राम्रा मोडल पनि हुन् एकसय बढी गीतमा मोडलिङ गरेका सन्दीपले आफ्नो गीतमा रुपा खनालसंग मोडलिङ गरेका छन् ।

गीतमा मनोरञ्जनको साथी सन्देश दिउको दाबी गरे सन्दिपले । हरेक चाड मान्नुर्पछ तर, पर्व मान्ने बहानामा अनावश्यक खर्च गर्न हुन्न भन्ने सन्देश दिएका छौं’ गायक न्यौपानेले भने ।

बोल्ड एन्ड ब्यूटी इन्दिरा


चलचित्र ‘फन्को’को एक आइटम गीतमा नृत्य गरेर गायिका इन्दिरा जोशीले नायिका बन्ने छनक देखाइन् । तर, गीतले खासै चर्चा नपाएपछि उनको नायिका बन्ने सोच पनि सेलाएको छ । उनका लागि खुशीको कुरा के छ भने, साउन २९ गते आयोजना हुन लागेको ‘डी सिने अवार्ड’मा उनी उत्कृष्ट आइटम डान्सको विधामा परेकी छिन् ।

इन्दिरा सार्वजनिक कार्यक्रममा पुग्दा बोल्ड एन्ड ब्यूटी बन्न विर्सन्नन् । हुनत, उनलाई धेरैले स्टेजमा गायन भन्दा पनि कम्मर हल्लाएर चर्चित बनेको आरोप लगाउँछन् । तर, जे भएपनि इन्दिरा चलचित्रको पाश्र्व गायनदेखि पप र आधुनिक गीतमा अहिलेकी हिट गायिका हुन् ।



 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects