बोल्ड एन्ड ब्यूटी इन्दिरा


चलचित्र ‘फन्को’को एक आइटम गीतमा नृत्य गरेर गायिका इन्दिरा जोशीले नायिका बन्ने छनक देखाइन् । तर, गीतले खासै चर्चा नपाएपछि उनको नायिका बन्ने सोच पनि सेलाएको छ । उनका लागि खुशीको कुरा के छ भने, साउन २९ गते आयोजना हुन लागेको ‘डी सिने अवार्ड’मा उनी उत्कृष्ट आइटम डान्सको विधामा परेकी छिन् ।

इन्दिरा सार्वजनिक कार्यक्रममा पुग्दा बोल्ड एन्ड ब्यूटी बन्न विर्सन्नन् । हुनत, उनलाई धेरैले स्टेजमा गायन भन्दा पनि कम्मर हल्लाएर चर्चित बनेको आरोप लगाउँछन् । तर, जे भएपनि इन्दिरा चलचित्रको पाश्र्व गायनदेखि पप र आधुनिक गीतमा अहिलेकी हिट गायिका हुन् ।



0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects