दोस्रो दक्षिण एसियाली महासंघीय खेलकुदमा नेपालको प्रदर्शन अपेक्षाकृत राम्रो रहेन । नेपाल एकमात्र स्वर्ण पदकमा सीमित रह्यो । प्रतियोगिता अन्त्यतिर पुग्दा पनि नेपालको खातामा स्वर्ण पदक थिएन । यस्तोमा अन्तिम दिन नेपाललाई म्याराथनमा वैकुण्ठ मानन्धरले स्वर्ण पदक दिलाए र देशको इज्जत जोगाए ।
दक्षिण एसियाली म्याराथनमा त्यति बेला वैकुण्ठको एकपक्षीय वर्चस्व थियो र त्यो बंगलादेशको ढाकामा पनि कायम रह्यो । उनले दौड २ घण्टा २२ मिनेट ७ सेकेन्डमा पूरा गरे । भारतका प्रेम सिंह दोस्रो स्थानमा रहे । उनी वैकुण्ठभन्दा ७ मिनेटभन्दा बढी समयले पछाडि थिए ।
तेस्रो स्थान पनि नेपालकै खेलाडीले हात पारे ।
कृष्ण बस्नेतले २ घण्टा ३० मिनेट २० सेकेन्डमा दौड पूरा गरेर कांस्य पदक जिते । रमाइलो के भने वैकुण्ठले दौडमा पहिलो भएयता आफूले जितेको पदक नै देशले उक्त प्रतियोगितामा जितेको एक मात्र स्वर्ण हो भनेर हेक्का राखेका थिएनन् । जति बेला उनले त्यसका बारेमा जानकारी पाए, आफ्नो पदकको महत्त्व बुझे ।



0 comments:
Post a Comment