धुर्मुसको सुन्तलीलाई किस, प्रियंकालाई बोके जुरुक्कै


माग्नेले पनि पाए दीपा र प्रियंकाको लोभलाग्दो चुम्बन
अहिले निर्मात्री दीपाश्री निरौला र निर्माता दिपकराज गिरीले
बनाएको चलचित्र ‘वडा नम्बर ६’का कलाकारलाई एक अर्कालाई बोक्ने
लहर नै आएको छ । चलचित्र प्रचारका लागि अनेकथरी उपाय सोच्ने यो
टीमले एक अर्कालाई बोकेर चर्चा पाउने काम ग¥यो । यसमा निर्मात्री
दीपाश्री निरौलालाई बोक्ने लहर नै चल्यो ।
अब, यो लहर केही अगाडि बढेको छ । अब चलचित्रका कलाकारलाई चुम्बन
गर्ने लहर सुरु भएको छ । काठमाण्डौको कुमारी हलमा आयोजना भएको
चलचित्रको विशेष शोमा नायिका प्रियंका कार्कीलाई यसका मुख्य
कलाकार सिताराम कट्टेल(धुुर्मुस)ले जुरुक्कै बोकिदिए । सितारामले
बोक्दा प्रियंका पनि खुबै खुशी देखिइन् । उनै सितारामले आफ्नी पत्नी
कुञ्जना घिमिरेलाई भने गालामा चुम्बन गर्दै तस्बिर खिचाए ।
कुरा यत्तीमा मात्र सकिएन, चलचित्रका मुख्य कलाकार केदार घिमिरे
(माग्ने बुढा)लाई नायिका प्रियंका कार्की र निर्मात्री दीपाश्री
निरौलाले एकसाथ गालामा चुम्बन गरे । चलचित्र प्रचारका लागि
विभिन्न खालका हतकण्डा मच्चाउने यो टोलीले यसपटक चुम्बन र बोक्ने
कला नै देखायो । आखिर, यस्तै चर्चाले चलचित्र पनि चल्यो । प्रचारको
शैली होस् त यस्तो, कि कसो दीपा जी ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects