Second Menu

माधवनारायण मेला

माधवनारायण मेला
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म नेपालका विभिन्न ठाउँमा लाग्ने माधवनारायण मेलाको धार्मिक, सांस्कृतिक एवं पौराणिक महत्त्व छ । मुख्य रूपले साँखुको शालिनदी क्षेत्रमा आयोजना गरिने माधवनारायण मेलालाई परदेश यात्रा पनि भनिन्छ ।

यस क्रममा विष्णुको मूर्तिलाई पनि साथमा यात्रा गराइन्छ । यो अवधिमा महिलाहरू व्रत बसी तीर्थयात्रा गर्ने चलन छ । साँखुमा व्रत तथा पूजा गरेर १३ औं दिनको दिन पैदल यात्रा गरेर पशुपति पुग्ने र १४ औं दिनमा फर्पिङ र १५ औं दिन शेषनारायण परिसरमा स्नान गरी विष्णुको मूर्ति फर्पिङ नगर परिक्रमा गराई फेरी साँखु पुर्‍याइन्छ ।

माधवनारायणको व्रत बस्नेले व्रत सुरु हुने अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल र पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ । व्रतालुले मेला अवधीभर पैदल यात्रा गर्दै विभिन्न तीर्थयात्रा गर्नुपर्छ । शालिनदीमा जस्तै भक्तपुरको हनुमानघाटको त्रिवेणीधाममा पनि यस्तै मेला लाग्छ ।

No comments:

Post a Comment