भोली शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘छल’ एक्सनप्रधान छ । फरक धारका चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक शिव घिमिरेले युवापुस्ताको कथा समेटेर यो एक्सन प्रधान चलचित्र तयार पारेका हुन् ।
हरि कुँवर तथा देवको यो चलचित्रका अधिकांश कलाकार नयाँ छन् । प्रजोल गिरी, सन्जोग राणा तथा श्रीदेव भट्टराई नायकको भूमिकामा प्रस्तुत भएको यो चलचित्रमा सोनिया गिरी, सविना कार्की तथा कविशा श्रेष्ठ नायिकाको भूमिकामा छन् ।
यसअघि ‘लुट कम्पनि’ शीर्षकको चलचित्र निर्माण गर्ने समूहले नै चलचित्र ‘छल’ तयार पारेको हो । तराईका जिल्लाहरूमा छायांकन गरिएको ‘छल’ करिब दुई वर्षअघि नै निर्माण प्रारम्भ गरिएको चलचित्र हो । मुकेश हुमागाईं यो चलचित्रका छायांकार हुन् भने शंकर महर्जन द्वन्द्व निर्देशक । अजय र विक्रमले चलचित्रका गीतमा नृत्य निर्देशन गरेका छन् ।
निर्देशन : शिव घिमिरे
कलाकार : प्रजोल गिरी, सन्जोग राणा, सोनिया गिरी, सविना कार्की, कविशा श्रेष्ठ, श्याम मगर तथा श्रीदेव भट्टराई ।
संगीतकार : गणेश चौधरी र राजेन्द्र श्रेष्ठ



0 comments:
Post a Comment