बिग आइकनमा उत्कृष्ट १२ छनोट
उत्कृष्ट १५ मध्ये तीन जना प्रतियोगि बाहिरिएपछि विग आइकनअन्तर्गत उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट भएका छन् । मंगलबार भएको अडिसनमा मृगेन्द्रमान कर्मचार्य, कुशल पोखरेल र सञ्जय सुनार बाहिरिएपछि प्रतियोगिता उत्कृष्ट १२ चरणमा उक्लिएको हो।
आयोजक बिग एफएमका अनुसार उत्कृष्ट १२ प्रतिस्पर्धीहरू उत्कृष्ट १० चरणको लागि भिड्नेछन् । उत्कृष्ट १० छनोट भएपछि प्रतियोगीहरूलाई अगाडी बढ्न निर्णायकको निर्णयसागै एसएमएस भोटिङको पनि सहारा लिनुपर्ने कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रतियोगीहरूको निर्णयमा निर्णायकको अधिकार ६० प्रतिशत हुनेछ भने एसएमएस भोटिङले ४० प्रतिशतका दरले निर्णयाधिकार राख्नेछ ।
उत्कृष्ट १० छनोट पछि प्रतियोगीहरूले सम्पूर्ण बाजागाजामा गीत प्रस्तुत गर्नेछन् । हालसम्मको अडिसनमा एउटा मात्रै गीत गाउादै आएका प्रतिस्पर्धीले अब दुइटा गीत प्रस्तुत गर्नुपर्नेछ । विग आईकनको यो सिजनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । यो सिजनमा निर्णायकहरूमा गायक कर्णदास, विवेक श्रेष्ठ, श्यामसुङ तामाङ, विनोद बानियाा र संगीतकार सुनील थापा छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसागै १ लाख ७५ हजारबराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयााबराबरको पुरस्कार प्राप्त गर्नेछन् ।



0 comments:
Post a Comment