गायिका मेलिना राइको आवाजमा समावेश ‘प्रकृतीका सुन्दर’ बोलको गीतलाई नायिका नम्रता श्रेष्ठले कभर सङ्का रुपमा गायकी छिन् ।
चलचित्र ‘क्लासिक’मा समावेश यो गीतलाई दर्शकले पनि खुबै रुचाएका थिए । अन्य केही नायिकाहरुले पनि कभर सङ् गाइरहेको समयमा नायिका नम्रता पनि गायिका बनेकी हुन् ।
डाक्टर कृष्णहरि बरालको शब्दमा तयार भएको यो गीतलाई नम्रताले आफ्नै शैलीमा गाएकी छिन् । यो गीत गाएर नम्रताले आफू पनि गायिका बन्ने छनक देखाएकी छिन् ।
माघ २९ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । केही दिन अगाडि मात्र चलचित्रको टोली काठमाण्डौ बाहिरका हलमा पुगेर आएको थियो । निर्माता सुवास गिरीले तेश्रो हप्ताबाट चलचित्रले नाफा कमाउने र ओभरसिज राइट्स, भीसीडी राइट्सले आफूलाई राम्रै रकम नाफा हुने बताए ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
No comments:
Post a Comment