पूर्व मिस नेपाल जेनिशा मोक्तान आज बिबाह बन्धनमा वाँधिएकीछिन् । सन् २००९ मा उनी मिस नेपाल भएकी थिइन् । उनले युवा व्यवसायी दिकेश मल्होत्रासँग आज बिहे गरेकी हुन् । हुनत, उनीहरुको बिहे आइतबारदेखि नै सुरु भएको हो । तर, पनि दिकेशले आज जन्ती लिएर जेनिशालाई लिन गएका थिए ।
भोली शनिबारसम्म चल्ने बिहेको आज विशेष दिन हो । जेनिशा आफूहरुको सपना पुरा भएकोमा खुशी छिन् । सन् २०१० मा दिकेश र जेनिशाको भेट भएको थियो । प्रेम भएको करिब साढे ५ बर्षपछि यी दुइले एक अर्कालाई जीवनसाथी रोज्न लागेका हुन् ।
पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफूहरुको क्लबमा आएको भन्दै तस्बिर शेयर गर्दै दिकेश र जेनिशालाई शुभकामना दिएकी छिन् । नायिका प्रियंका कार्की दिकेशकी फुपूकी छोरी हुन् । उनै प्रियंकाको निकटको साथी भएकाले पनि दिकेश र जेनिशाको चिनजान र निकटता अझ बढेको हो । एक अर्कालाई हृदयदेखि नै मन पराएका कारण बिबाह बन्धनमा बाँधिएको वुझाई यो जोडीको छ ।
दिकेशले आफूले जेनिशालाई मिस नेपाल भएकाले मन नपराएको दाबी गरेका छन् । भोली शनिबार आफन्त, साथीभाई र विभिन्न विशिष्ट व्यक्तिहरुलाई पार्टीका लागि यो जोडीले निमन्त्रणा गरेको छ ।
No comments:
Post a Comment