काठमाडौं – ‘ब्युटिसियन नेपाल–२०१६’ को ताज जित्न यतिखेर २५ ब्युटिसियन प्रतिस्पर्धा गर्दैछन् । यसैक्रममा उनीहरुले यो साता आ–आफ्नो कला प्रस्तुत गरे । ‘टयालेन्ट’राउण्डअन्र्तगत उनीहरुले कला प्रस्तुत गरेका हुन् ।
राजधानीको दरबारमार्गस्थित सि–डब्लु रेस्टुरेन्टमा आयोजित कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, वक्तृत्वकला, मेकअप, हेयर डिजाइनलगायतका कला देखाएका थिए । यस ब्युटिपेजेन्टको उद्देश्य ब्युटि तथा ब्युटिसियन पेशालाई प्रवद्र्धन गर्नु रहेको आयोजक एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष तथा इभेन्ट म्यानेजर कमल खतिवडाले बताए ।
‘ब्युटिसियन नेपाल–२०१६’ मा सृजना चापागाई, प्रतिक्षा विष्ट, निरा चन्द, इन्दु परियार, कमला अधिकारी, यम कुमारी, सिम्रन परियार, रविना श्रेष्ठ, प्रतिमा ठकुरी, मन्दिरा मगर, कामना भुसाल, संगीता राई, रमा सिंह ठकुरी, सरिता थापा मगर, ममती राई, साजना राई, रिना सुनार, निमा छोकी शेर्पा, प्रतिमा डंगोल, सरस्वती धवन्जा, सुरेशा अधिकारी, सरस्वती खड्का, करिस्मा तामाङ अन्तिम प्रतिस्पर्धामा गर्दैछन् ।
प्रतिस्पर्धीहरु विभिन्न व्यक्तित्वविकासलगायत शिक्षा लिइरहेका छन् । उनीहरुलाई हिमानी सुब्बाले कोरियोग्राफी गरिरहेकी छन् । प्रतियोगिताको अन्तिम स्पर्धा २२ चैतमा राजधानीको जमलस्थित नाचघरमा हुँदैछ ।
No comments:
Post a Comment